अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०३-०८
- A
- A-
- A+
बर्दिया, बाँसगढी नगरपालिका-३ बाट अवैध लागूऔषध अफिम १५ किलो ३ सय ४० ग्राम र नगद ३४ हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ घर भएकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका-३ घर भएकी ४२ वर्षीया मिना रोकाया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेची बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-१ बस्ने १९ वर्षीय नुमसिक लिम्बुलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम र नगद १९ हजार ५ सय रूपैयाँ सहित मेचीनगर नगरपालिका-१३ बस्ने २३ वर्षीय आशिष गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जाजरकोट, भेरी नगरपालिका-४ रानागाउँ बस्ने ४२ वर्षीय पर्शुराम थापालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७२ ग्राम ९ सय मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-९ बस्ने २५ वर्षीय अमन लिम्बु समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-२१ लकडिगोठबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२ ग्राम ३ सय मिलिग्राम सहित भारत मधुवनी पदमाहा ग्राम पञ्चायत-२ जोगिया टोल बस्ने २८ वर्षीय छोटु भन्ने रंजित कुमार पासवान समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै ढुङ्गा मुढा प्रहार गरी भाग्न खोजे पश्चात प्रहरीले गोली प्रहार गर्दा रंजित घाइते भएका थिए । घाइते रंजितको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-२ जब्दी बस्ने २३ वर्षीय निश्चल कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७० वर्षीया सरातुन खातुन र उनकै बुहारी २० वर्षीया सेविका सरदार रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ जनताबस्तीस्थित पिपलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट, स्पास्पेन १ सय २७ ट्याब्लेट र नगद २ हजार ७० रूपैयाँ सहित इटहरी उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश मादेन समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ देवीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित धरान उपमहानगरपालिका-१३ बस्ने ३२ वर्षीय माकुने भन्ने राज कुमार तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३ मिलिग्राम सहित ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय शिव नारायण राना, २९ वर्षीय राम अवतार राना, २४ वर्षीय सुवास राना, २७ वर्षीय सुवास राना, २७ वर्षीय जस्मन्त राना र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ फाप्ला क्रिकेट ग्राउण्ड नजिकैबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २ ग्राम ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका १३ बस्ने २० वर्षीय बेनी माधव खड्का समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र गाँजा ४ ग्राम ३ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय अस्पात अन्सारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाजुरा, बडिमालिका नगरपालिका-९ अस्पताल लाइनबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ३० मिलिग्राम र गाँजा ४० ग्राम १ सय ९० मिलिग्राम सहित गौमुल गाउँपालिका-४ बस्ने २४ वर्षीय पुरन रोकायालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-६ बस्ने २६ वर्षीय ललित बहादुर शाही समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।