अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०३-२०
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-२५ सुचिकार गल्लीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय निसान श्रेष्ठ समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०६७ प ८७४६ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
मोरङ, जहदा गाउँपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ८० ग्राम सहित सोही गाउँपालिका-७ बस्ने १५ वर्षीय बालकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय आदेश ठाकुरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, छिपहरमाई गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलोग्राम सहित भारत जिल्ला उन्नौँ थाना सफीपुर ग्राम पञ्चायत परियर बस्ने ३६ वर्षीय राजु निषादलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-६ चुनदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ बस्ने १९ वर्षीया कल्पना नगरकोटी र भक्तपुर चाँगुनारायण नगरपालिका-९ ताथली खड्का टोल बस्ने २६ वर्षीय समर खड्का रहेका छन् । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २८ वर्षीय काशी राम आउजीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २२ वर्षीय अमित सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
गोरखा, आरूघाट गाउँपालिका-१० मंगलटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ आरूटार बस्ने २५ वर्षीय सरोज रोका र गोरखा नगरपालिका-१ ताप्ले बस्ने २१ वर्षीय जिवन धिताल रहेका छन् । इलाका प्रहरी कार्यालय आरूघाटबाट खटिएको प्रहरीले ग.६ प ६७७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ देउरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही उपमहानगरपालिका-५ देउराली बस्ने ३२ वर्षीय पर्वत दर्जीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित न्यू अछाम ढकारी जुम्ला होटल एण्ड लजबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम, तराजु १ थान र नगद २८ हजार रूपैयाँ सहित जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने ५३ वर्षीय बलि कामीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बस्ने २० वर्षीय बिक्रम कार्की समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३७ प १४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पाल्पा, बगनासकाली गाउँपालिका-३ आर्यभन्ञ्याङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित तानसेन नगरपालिका-६ बसपार्क बस्ने २४ वर्षीय हेमन्त खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आर्यभन्ञ्याङबाट खटिएको प्रहरीले बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग.२ ख २१४४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।