ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२७
- A
- A-
- A+
काठमाडौं, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी नवलपरासी पश्चिम रामग्राम नगरपालिका-२ घर भएका ५६ वर्षीय शैलेन्द्र कुमार गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सर्लाहीबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१ नक्सालबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।