प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०३-२८

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बेदकोट नगरपालिका-४ बगुन बस्ने ३९ वर्षीय देवराज भट्टलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कञ्चनपुरको २०७१ मंसिर २४ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १० महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-२६

धादिङ, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नीलकण्ठ नगरपालिका-९ सातदोबाटो बस्ने ५३ वर्षीय राम भन्ने नर बहादुर लम्साललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरिया गाउँपालिका-६ जगतपुर बस्ने २३ वर्षीय समिर डगौरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समिरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-२१

झापा, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ५१ वर्षीय सोमनाथ सिवाकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोमनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  म्याग्दी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्र बहादुर परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्द्र बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कपिलवस्तु, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णनगर नगरपालिका-१२ भगवानपुर बस्ने २३ वर्षीय सत्य प्रकाश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सत्य प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।