प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३६ जना पक्राउ

२०८३-०३-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ कुमारीगलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ९ सय ट्याब्लेट सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचा सल्यान गाउँपालिका-६ घर भएका २७ वर्षीय किरण सुनाम र मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका २४ वर्षीय अनिल लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.५७ प २४२४ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  

ललितपुर, ललितपुर  महानगरपालिका-२९ हरीसिद्दीबाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम सहित धादिङ धुनीवेशी नगरपालिका-९ घर भएका ३८ वर्षीय अनिल श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध बिक्री गर्ने कार्यमा संलग्न मोरङ कटहरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय जाबेद आलम र सप्तरी खडक नगरपालिका-७ घर भएका ३४ वर्षीय बिकास भगतलाई थप अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम र डिजिटल तराजु १ थान सहित ललितपुर महानगरपालिका-२९ हरीसिद्दीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूले लागूऔषध ओसारपसार गर्न प्रयोग गरेको बा.१७ च ८३७ नम्बरको गाडी समेत बरामद गरेको छ ।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोल पृथ्वीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने खोटाङ घर भएका २१ वर्षीय समिर भन्ने गोबिन्द प्रधानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.५१ प ८३९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  

कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित  सोही नगरपालिका-१ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ त्रिवेणी घाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय अस्मित कठरिया र २३ वर्षीय मनिष चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-८ गप्का बस्ने २७ वर्षीय महेन्द्र ओखेडा समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-८ बडैपुर बस्ने २० वर्षीय बेद धामी समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-६ लालपुर बस्ने २० वर्षीय राहुल भुल र २० वर्षीय लोकेन्द्र खड्का रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, राजापुर नगरपालिका-४ घुम्ना बस्ने २० वर्षीय बिनय चौधरी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३८ मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले बिनयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ९ सय १० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ बस्ने २३ वर्षीय सुर्य बहादुर रावतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेको क.प्र.०२-००३ प ४३७५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मामाभान्जा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय आदित्य खुना समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, कानेपोखरी गाउँपालिका-५ कर्म टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ सय मिलिग्राम सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी र लेटाङ नगरपालिका-३ बस्ने २४ वर्षीय रमेश सुबेदी रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, सिरहा नगरपालिका-१५ बुधाँराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित कल्याणपुर नगरपालिका-८ बस्ने २२ वर्षीय सुनिल मण्डल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१-००४ प ६२३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानरपालिका-१ आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही उपहानगरपालिका-२० बस्ने ३६ वर्षीय हरि प्रसाद पराजुलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-८ सल्यानी टोल बस्ने ३१ वर्षीय प्रकाश मोक्तान समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याबलेट र नगद ६० हजार १ सय रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७१ मिलिग्राम सहित भारत अररिया पलासी बस्ने ४० वर्षीय मोहमद मुक्तर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम र गाँजा १ सय ५५ ग्राम सहित धनकुटा घर भएका २६ वर्षीय अजय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०१२७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

रोल्पा, रोल्पा नगरपालिका-२ साततल्ले चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ रिमसक बस्ने २३ वर्षीय आर्दश घर्तीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०५-२६

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय गोपाल यादव समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलयाबाट खटिएको प्रहरीले पिडारी चोकबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज.११ प ९७०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरगहेको छ ।  मोरङ, लेटाङ नगरपालिका-४ बिपि चोकस्थित होटल दशर्न एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ सिद्धार्थ लाईन बस्ने २३ वर्षीय बिकास राई र २० वर्षीया सबिना लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब १ सय १ किलो ६४ ग्राम सहित लहान नगरपालिका-१ बस्ने ३० वर्षीय सुरज चौधरी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले गाईघाटबाट कदमाहातर्फ जाँदै गरेको को.१ ज ३३१२ र ना.१ ज ८५०९ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३३ वर्षीय राजेश थापा मगर र शुक्लाफाँटा नगरपालिका-१२ कालागौडी बस्ने ५३ वर्षीया सुनिया चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट भाँसी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ जनआवाज चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुवास रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४०  मिलिग्राम सहित बर्दिया गेरूवा गाउँपालिका-३ शान्तीबजार बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ देवीनगरस्थित बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ  बस्ने २७ वर्षीय बिशाल गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।पर्सा, सखुवा प्रसौनी गाउँपालिका-२ श्रीपुर बजारबाट अवैध लागूऔषध गाँजा १ सय १० ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय राकेश सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वा चोकबाट अवैध लागूऔषध गाँजा ३ सय ३५ ग्राम सहित पोखरीया नगरपालिका-४ सतवरिया बस्ने ६६ वर्षीय पुनि मुखियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०५-२६

जुम्ला, चन्दननाथ नगरपालिका-६ लाईज्यूलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित तातोपानी गाउँपालिका-२ डाँगीबाडा बस्ने २२ वर्षीय रोशन शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१९ बस्ने ४३ वर्षीय बलराम पासवानलाई अवैध लागूऔषध गाँजा २ सय ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०५-२५

झापा, शिवसताक्षी नगरपालिका-६ माईखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २३ वर्षीय सनम ताजपुरीया समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बागलुङ, ढोरपाटन नगरपालिका-१ रिभरहेडस्थित मिना होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम र चरेस ३ सय ८० ग्राम सहित होटल संचालिका म्याग्दी धौलागिरी गाउँपालिका-२ घर भएकी ४५ वर्षीया मिना थापा भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-८ लडागडा घर भएका २३ वर्षीय रमेश कुञ्जेडालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, मिर्चैया नगरपालिका-१२ सिक्रोनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१२ सिक्रोन बस्ने २४ वर्षीय दिपक सहनी समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, सखुवा प्रसौनी गाउँपालिका-३ कटैया बस्ने २८ वर्षीय जाबैद अंसारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम ८ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले जाबैदको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ लिंक रोडस्थित होटल अमन प्यालेसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० ग्राम ३० मिलिग्राम, नगद ३२ हजार १ सय नेपाली रूपैयाँ र ४ हजार २ सय भारतीय रूपैयाँ सहित भारत मोतिहारी रक्सौल-१३ घर भएका ३५ वर्षीय बिशाल कुमार कुशवाहालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २२ वर्षीय निरज ठाकुर लोहार र सोही उपमहानगरपालिका-६ मदर्सा टोल बस्ने २८ वर्षीय अनिल गिरी रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.४७ प ९६७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ भथौरा बस्ने ७० वर्षीय दुखी महतोलाई अवैध लागूऔषध गाँजा १७ किलो ४ सय ग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।ललितपुर, ललितपुर महानगरपालिका-५ कुमारीपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९ ट्याब्लेट, स्पास्मो २५ ट्याब्लेट, स्पासपेन १० ट्याब्लेट र नगद ४५ हजार २ सय ८५ रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपलिका-५ सल्यानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर थारू समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ स्थित नयाँ बसपार्कको १ नम्बर गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ बस्ने २८ वर्षीय शैलेन्द्र बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही ‍ठाउँ बस्ने २० वर्षीय पूर्ण बहादुर चन्द र नियन्त्रित लागूऔषध ट्रामाडोल २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय शंकर देउवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०५-२४

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय शिब्जु रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २५ वर्षीय कमल केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट सहित मलंगवा नगरपालिका-६ बस्ने १९ वर्षीय राहुल यादव समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध टापन्डाडोल १ सय १७ ट्याब्लेट र पोलेन १ सय ग्राम सहित कास्की पोखरा महानगरपलिका-२७ रिठ्ठे पानी बस्ने ३२ वर्षीय खोम बहादुर रेश्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८५४५ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोलबाट अवैध लागूऔषध गाँजा ३ सय १० ग्राम र नगद ६ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५८ वर्षीया गंगा कुमारी थरूनी, इटहरी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय समिर चौधरी र २६ वर्षीय विरेन चौधरी रहेका छन् । गंगा कुमारीको किराना पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-१ पश्चिम स्टेनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १९ वर्षीय आदित्य दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ६ सय मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-१६ ठेगाना भएका २१ वर्षीय मेहेरमान खान समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । दार्चुला, महाकाली नगरपालिका-४ खलङ्गा बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ ग्राम सहित महाकाली नगरपालिका-४ बाङ्गाबगड बस्ने सोही नगरपालिका-२ पनौडा घर भएका अनुप सिंह लोथ्याललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ३ सय ट्याब्लेट सहित पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने १९ वर्षीय आन्नद चौरसियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ सय ६२ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०५-२३

मकवानपुर, मनहरी गाउँपालिका-९ भाबरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६२ किलो ७ सय ९४ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू चितवन माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका-२४ बस्ने ४८ वर्षीय टेक बहादुर दोङ रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कार जाँच गर्ने क्रममा १३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक देव नारायण र लागूऔषध कारोबारमा संलग्न ग.२ च ६१५ नम्बरको पिकअप चालक टेक बहादुरलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।