प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

२०८३-०३-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ सनराइज चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने बारा कलैया उपमहानगरपालिका-५ घर भएका २१ वर्षीय तवरेज अंसारी समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले तवरेजको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरी, दुहवी नगरपालिका-४ मालहट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका-१ नोचा टोल बस्ने २५ वर्षीय जमालउद्धिन मियाँ र २५ वर्षीय इमदाद मियाँ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० ट्याब्लेट, टापेन्टाडोल १ सय ट्याब्लेट, नाइट्राभेट ३० ट्याब्लेट, फेनारगन ६ सय एम्पुल, डाइजेपाम ६ सय एम्पुल र बुप्रेनोर्फिन ६ सय ४८ एम्पुल सहित भारत उत्तर प्रदेश गोरखपुर बिलारी सरदारनगर बस्ने २७ वर्षीय बिकास कुमार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको युपि ५३ इवाइ ७७०४ नम्बरको कारमा जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कार चालक बिकास समेत उनीहरूलाई पक्राउ गरेको हो ।  

संखुवासभा, खाँदबारी नगरपालिका-५ चालिसे बस्ने भिम बहादुर तामाङलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले भिम बहादुरको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  

बारा, बारागढी गाउँपालिका-३ श्रीपुराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय संजय मलिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

झापा, दमक नगरपालिका-६ पुर्व बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित गौरादह नगरपालिका-१ बस्ने २६ वर्षीय विशाल राई समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५२ मिलिग्राम सहित डुडुवा गाउँपालिका-४ लालापुरवा बस्ने ५५ वर्षीय झलारी वर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट फुल्टेक्रबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०५-२७

काठमाडौं महानगरपालिका-२१ लगन बस्ने ३५ वर्षीय जनम शाक्य समेत ४ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट, अवैध लागूऔषध पोलेन करिब ७ सय ग्राम र नगद ३१ हजार १ सय ६५ रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जनमको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई  पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय ५० मिलिग्राम सहित काठमाडौं शंखमुल बस्ने कैलाली घर भएका २९ वर्षीय शंखर चौधरी समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ४९३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम ६ सय ६० मिलिग्राम सहित ललितपुर तीनकुने बस्ने सिराहा घर भएका २० वर्षीय एमडी बुफ्रानलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ८ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० हजार ४ सय १० ट्याब्लेट सहित ४ जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएका २९ वर्षीय जनार्जन घले, सिन्धुपाल्चोक घर भएका २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुर घर भएका ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रे घर भएका ३१ वर्षीय राजु तामाङ रहेका छन् । प्रहरीले उनीहरूलाई ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित ट्याटु हाउस र काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-११ मंगलबजार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित  सोही महानगरपालिका-११ बंगलामुखी बस्ने ३१ वर्षीय आशिष देउलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित अछाम साँफेबगर नगरपालिका-७ बस्ने २० वर्षीय अभिजन भाटलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको    छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय सुनिल राना समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलाय कैलाली समेतबाट खटिएको प्रहरीले से.४ प ३९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-९ बस्ने ३४ वर्षीय डम्बर कुमार श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-७ बस्ने २७ वर्षीय ईश्वर खाती समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले ईश्वरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० डेरा गरी बस्ने खैरहनी नगरपालिका-२ चैनपुर घर भएका २४ वर्षीय सुदिप कार्की समेत २ जनालाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३३ ट्याब्लेट, ट्रामाडोल ५० ट्याब्लेट र नगद रुपैयाँ ९९ हजार ७ सय ४० रूपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले सुदिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४० ट्याब्लेट सहित सोही महानगरपालिका-३ बस्ने ३२ वर्षीय बिनोद महतो नुनिया समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०३७ प ४१२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० भुटनदेवी बस्ने ३५ वर्षीय प्रज्वल थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०५-२६

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय गोपाल यादव समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलयाबाट खटिएको प्रहरीले पिडारी चोकबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज.११ प ९७०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरगहेको छ ।  मोरङ, लेटाङ नगरपालिका-४ बिपि चोकस्थित होटल दशर्न एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ सिद्धार्थ लाईन बस्ने २३ वर्षीय बिकास राई र २० वर्षीया सबिना लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब १ सय १ किलो ६४ ग्राम सहित लहान नगरपालिका-१ बस्ने ३० वर्षीय सुरज चौधरी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले गाईघाटबाट कदमाहातर्फ जाँदै गरेको को.१ ज ३३१२ र ना.१ ज ८५०९ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३३ वर्षीय राजेश थापा मगर र शुक्लाफाँटा नगरपालिका-१२ कालागौडी बस्ने ५३ वर्षीया सुनिया चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट भाँसी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ जनआवाज चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुवास रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४०  मिलिग्राम सहित बर्दिया गेरूवा गाउँपालिका-३ शान्तीबजार बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ देवीनगरस्थित बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ  बस्ने २७ वर्षीय बिशाल गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।पर्सा, सखुवा प्रसौनी गाउँपालिका-२ श्रीपुर बजारबाट अवैध लागूऔषध गाँजा १ सय १० ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय राकेश सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वा चोकबाट अवैध लागूऔषध गाँजा ३ सय ३५ ग्राम सहित पोखरीया नगरपालिका-४ सतवरिया बस्ने ६६ वर्षीय पुनि मुखियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०५-२६

जुम्ला, चन्दननाथ नगरपालिका-६ लाईज्यूलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित तातोपानी गाउँपालिका-२ डाँगीबाडा बस्ने २२ वर्षीय रोशन शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१९ बस्ने ४३ वर्षीय बलराम पासवानलाई अवैध लागूऔषध गाँजा २ सय ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०५-२५

झापा, शिवसताक्षी नगरपालिका-६ माईखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २३ वर्षीय सनम ताजपुरीया समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बागलुङ, ढोरपाटन नगरपालिका-१ रिभरहेडस्थित मिना होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम र चरेस ३ सय ८० ग्राम सहित होटल संचालिका म्याग्दी धौलागिरी गाउँपालिका-२ घर भएकी ४५ वर्षीया मिना थापा भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-८ लडागडा घर भएका २३ वर्षीय रमेश कुञ्जेडालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, मिर्चैया नगरपालिका-१२ सिक्रोनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१२ सिक्रोन बस्ने २४ वर्षीय दिपक सहनी समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, सखुवा प्रसौनी गाउँपालिका-३ कटैया बस्ने २८ वर्षीय जाबैद अंसारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम ८ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले जाबैदको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ लिंक रोडस्थित होटल अमन प्यालेसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० ग्राम ३० मिलिग्राम, नगद ३२ हजार १ सय नेपाली रूपैयाँ र ४ हजार २ सय भारतीय रूपैयाँ सहित भारत मोतिहारी रक्सौल-१३ घर भएका ३५ वर्षीय बिशाल कुमार कुशवाहालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २२ वर्षीय निरज ठाकुर लोहार र सोही उपमहानगरपालिका-६ मदर्सा टोल बस्ने २८ वर्षीय अनिल गिरी रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.४७ प ९६७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ भथौरा बस्ने ७० वर्षीय दुखी महतोलाई अवैध लागूऔषध गाँजा १७ किलो ४ सय ग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।ललितपुर, ललितपुर महानगरपालिका-५ कुमारीपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९ ट्याब्लेट, स्पास्मो २५ ट्याब्लेट, स्पासपेन १० ट्याब्लेट र नगद ४५ हजार २ सय ८५ रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपलिका-५ सल्यानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर थारू समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ स्थित नयाँ बसपार्कको १ नम्बर गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ बस्ने २८ वर्षीय शैलेन्द्र बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही ‍ठाउँ बस्ने २० वर्षीय पूर्ण बहादुर चन्द र नियन्त्रित लागूऔषध ट्रामाडोल २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय शंकर देउवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०५-२४

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय शिब्जु रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २५ वर्षीय कमल केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट सहित मलंगवा नगरपालिका-६ बस्ने १९ वर्षीय राहुल यादव समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध टापन्डाडोल १ सय १७ ट्याब्लेट र पोलेन १ सय ग्राम सहित कास्की पोखरा महानगरपलिका-२७ रिठ्ठे पानी बस्ने ३२ वर्षीय खोम बहादुर रेश्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८५४५ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोलबाट अवैध लागूऔषध गाँजा ३ सय १० ग्राम र नगद ६ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५८ वर्षीया गंगा कुमारी थरूनी, इटहरी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय समिर चौधरी र २६ वर्षीय विरेन चौधरी रहेका छन् । गंगा कुमारीको किराना पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-१ पश्चिम स्टेनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १९ वर्षीय आदित्य दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ६ सय मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-१६ ठेगाना भएका २१ वर्षीय मेहेरमान खान समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । दार्चुला, महाकाली नगरपालिका-४ खलङ्गा बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ ग्राम सहित महाकाली नगरपालिका-४ बाङ्गाबगड बस्ने सोही नगरपालिका-२ पनौडा घर भएका अनुप सिंह लोथ्याललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ३ सय ट्याब्लेट सहित पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने १९ वर्षीय आन्नद चौरसियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।