लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२
- A
- A-
- A+
पर्सा, लागूऔषध मुद्दाका फरार प्रतिवादी ठोरी गाउँपालिका-४ बस्ने २४ वर्षीय निकेश श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा २ वर्ष कैद सजाय र १ लाख रूपैयाँ जरिवाना ठहर भई नख्खु कारागार काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले ठोरी गाउँपालिका-४ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।