प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अन्वेषण योजना तथा विकास निर्देशनालय - आ.व. २०७८/ ०७९ मा निर्देशनालयद्वारा सम्पादित मुख्य गतिविधिहरू:


१. संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकन अध्ययन, २०७८


प्रहरी नियमावली, २०७१ को नवौँ र दशौं संशोधन बमोजिम नेपाल प्रहरीको संगठन संरचनामा थप भएका नयाँ दर्जाहरु क्रमश: प्रहरी सहायक हवल्दार, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक पदहरूलाई मौजुदा दरबन्दीबाट दरबन्दी मिलान गर्न यस सर्वेक्षण अध्ययन गरी प्रतिवेदन पेश गरिएको ।


२. नेपाल प्रहरीमा युवा आकर्षणको अवस्था सम्बन्धी अध्ययन, २०७८


नेपाल प्रहरी सेवाप्रति युवाको आकर्षणको अवस्था के कस्तो रहेको छ र आगामी दिनमा युवाहरूलाई नेपाल प्रहरी सेवामा आकर्षित गर्न के कस्ता रणनीतिहरू अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा यस सोध अध्ययन गरिएको थियो । यस अध्ययनको क्रममा कक्षा १० देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरूसँग प्रश्नावली सर्वेक्षण र केहीसँग अन्तर्वार्ताद्वारा तथ्याङ्क सङ्कलन गरी तथ्याङ्क विश्‍लेषण गरिएको थियो ।  यस अध्ययनमा सामुदायिक एवं निजी शिक्षण संस्थाका विद्यार्थीहरूलाई समेटिएको थियो भने देशभर १५ जिल्लाबाट १३२५ जना विद्यार्थीहरूसँग सर्वेक्षण र अन्तर्वार्ता लिईएको थियो ।


३. नेपाल प्रहरी कार्ययोजना, २०७७ को कार्यान्वयन सम्पन्न


नेपाल प्रहरी कार्ययोजना, २०७७ को कार्यान्वयन सम्पन्न भएको छ । यस कार्ययोजनामा उल्लेखित १४ लक्ष्यहरु अन्तर्गत रहेका १५६ क्रियाकलापहरूमध्ये ८१ वटा क्रियाकलापहरू पूर्ण रूपमा सम्पन्न भएका छन् । सम्पन्न नभएका तर निरन्तरता दिनुपर्ने केही क्रियाकलापहरूलाई औचित्यताका आधारमा नेपाल प्रहरी कार्ययोजना, २०७९ मा निरन्तरता दिईएका छन्। नेपाल प्रहरी कार्ययोजना, २०७७ का प्रमुख उपलब्धिहरू अन्तर्गत केन्द्रीय विधि विज्ञान प्रयोगशाला र डिजिटल फरेन्सिक ल्यावको स्तरोन्नति, अपराध कार्य योजना (CAP), २०७९ को तर्जुमा र स्वीकृति, नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता कार्यान्वयन, विभिन्न स्थानमा प्रहरी इकाईका भवन निर्माण, Automated Fingerprint Information System (AFIS) लाई थप प्रहरी इकाईहरूमा विस्तार, प्रहरी इकाइहरूमा इन्ट्रानेट सञ्जाल विस्तार, साइबर ब्यूरोमा रहेको डिजिटल फरेन्सिक इकाईको स्तरोन्नति, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को सुदृढीकरण, कल्याणकारी कार्यक्रमहरू थप विस्तार लगायतका सुधार प्रयासहरू भएका थिए ।


४. नेपाल प्रहरी कार्ययोजना, २०७९ तर्जुमा तथा परिपत्र:


आर्थिक वर्ष २०७९/८० का लागि नेपाल प्रहरी कार्ययोजना, २०७९ तर्जुमा गरी प्रहरी महानिरीक्षकबाट स्वीकृत भई कार्यान्वयन प्रारम्भ भएको छ । यस कार्ययोजनाको प्रभावकारी अनुगमन र मूल्याङ्कनका लागि निर्देशनालयले कार्ययोजना कार्यान्वयन प्रगति मापन सफ्टवेयर(Action Plan Implementation Progress Tracking Software) को प्रयोग गर्दै आइरहेको छ । कार्ययोजनामा ८ लक्ष्य, २७ उद्देश्य र ७९ गतिविधि रहेका छन् ।

५. नेपाल प्रहरी कार्ययोजना, २०८०्८२  तर्जुमा तथा परिपत्र:

आर्थिक वर्ष २०८०/८ का लागि नेपाल प्रहरी कार्ययोजना, २०८० तर्जुमा गरी प्रहरी महानिरीक्षकबाट स्वीकृत भई कार्यान्वयन प्रारम्भ भएको छ । यस कार्ययोजनाको प्रभावकारी अनुगमन र मूल्याङ्कनका लागि निर्देशनालयले कार्ययोजना कार्यान्वयन प्रगति मापन सफ्टवेयर(Action Plan Implementation Progress Tracking Software) को प्रयोग गर्दै आइरहेको छ । कार्ययोजनामा १३ लक्ष्य, ८० उद्देश्य र १८२ गतिविधि रहेका छन् ।