प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अन्वेषण योजना तथा विकास निर्देशनालय - आर्थिक वर्ष २०७९/ ८० मा निर्देशनालयबाट सम्पादन भईरहेको मुख्य गतिविधिहरु


१.नीति तथा योजना निर्माण

  • गृह सचिवबाट प्रहरी महानिरीक्षकज्यूसँग आ.व. २०७९।०८० को लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौताको प्रगति विवरण (मासिक/त्रैमासिक/अर्ध वार्षिक/वार्षिक) रूपमा तालुक मन्त्रालयमा जाहेर गर्ने गरिएको ।
  • नेपाल प्रहरीको कार्ययोजना (२०७९/०८०) र प्र.म.नि. ज्यूबाट विभागीय प्रमुख तथा उपत्यका प्रहरी कार्यालय लगायत सातै प्रदेश प्रहरी प्रमुखहरुसँग  भएको वार्षिक कार्य सम्पादन सम्झौताहरूको मासिक प्रगति विवरण प्र.म.नि.को सचिवालयमा जाहेर गर्ने गरिएको ।
  • गृह प्रशासन सुदृढीकरण कार्ययोजना, २०७८ जारी भइ कार्यान्वयनमा रहेको र सोको नेपाल प्रहरीतर्फको (प्रत्यक्ष बुँदा ४५ वटा र सहयोगीको रूपमा बुँदा ३ वटा) आवधिक (मासिक/त्रैमासिक/अर्ध वार्षिक/वार्षिक) प्रगति विवरण तयार गरी यस निर्देशनालयबाट तालुक मन्त्रालयमा जाहेर भइरहेको ।
  • गृह प्रशासन सुधार योजना, २०७८ को कार्यान्वयनको अवस्था अनुगमन, मूल्याङ्कन र प्रतिवेदन तयार गरिएको ।
  • बजेट कार्यान्वयन कार्य योजना (माइलस्टोन), २०७९/८० को कार्यान्वयनको अवस्था अनुगमन, मूल्याङ्कन र प्रतिवेदन तयार गरिएको ।


२. खोज तथा अन्वेषण अनुसन्धान

  • नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालयबाट तयार भई मिति २०७९/०९/१५ गते माननीय उपप्रधान एवम् गृह मन्त्रीज्यू रवि लामिछानेज्यूबाट सार्वजनिकीकरण गरिएको निम्न अध्ययन प्रतिवेदन पुस्तिका थान - २ जानकारीको लागि सबै प्रहरी कार्यालयहरूलाई पठाइएको ।
    निम्न:

              >> सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू: नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको,अन्वेषण                         प्रतिवेदन, २०७९ ।

              >>  “नेपाल प्रहरीमा युवा आकर्षणको अवस्था - एक अध्ययन”, अन्वेषण प्रतिवेदन, २०७९ ।

  • यस आ.व.“ शान्ति सुरक्षा र सामाजिक विकृति सम्बन्धी अपराधको अन्तर-सम्बन्ध” विषयक शोध अध्ययन कार्य भईरहेको ।

३. वैदेशिक सहायता

  • भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्य भइरहेको ।
  • बेलायत सरकारको सहयोगमा पहिलो चरणमा सञ्‍चालित “Integrated Programme for Strengthening Security and Justice (2015-2022)” परियोजना सम्पन्न भइ दोस्रो चरणको परियोजनाको Foreign Common Wealth Development Office (FCDO र नेपाल सरकारबीच MoU सम्पन्न भएको ।
  • ADB को आर्थिक सहयोगमा “Strengthening Systems for Women’s Protection and Upliftment” विषयक परियोजना कार्यान्वयनको क्रममा रहेको ।
  • KOICA को आर्थिक सहयोगमा “Establishment of Cyber Bureau with Capacity Building for Nepal Police” विषयक परियोजनाको MoU सम्पन्न भएको ।