"सत्य, सेवा सुरक्षणम्"
काठमाडौं, अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने चीन घर भएका ३५ वर्षीय Zhu Yi Feng लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेको भन्ने …
काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठाबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँ सहित सोही ठाउँ बस्ने चीन हुवान घर भएका ५३ वर्षीय TAN XIANG लाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अवैध रूपमा हुण्डी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि …
काठमाडौं, गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (VOIP) संचालन गरेको अभियोगमा ७ जना चिनियाँ नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३३ वर्षीय LIU PAN, ३१ वर्षीय GAO ZHIKUN, ४१ वर्षीय LIU JIANWEI, ४१ वर्षीय DU SHUANGSHENG, ३८ वर्षीय PENG KANG, ४९ वर्षीय CHAI ZHIXIN र ४२ वर्षीय ZHANG HAO रहेका छन् । अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गरिरहेको …
काठमाडौं, दुई किलोग्राम सुन तथा नगद २४ लाख रूपैयाँ सहित २ जना चिनियाँ नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ज्याँठा बस्ने चीन सिचुआन घर भएका ४६ वर्षीय CHUNLIN TAN र २४ वर्षीया XUEMI ZOU रहेका छन् । CHUNLIN TAN समेतका व्यक्तिहरूले भन्सार छली गरेको सुन नेपालमा ल्याई काठमाडौं महानगरपालिका-२६ ज्याँठास्थित JIU DING YUAN BIN GUAN …
काठमाडौं, राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय YU WANG लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिक समेतका व्यक्तिहरूले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा लगायत बिल बिजक नभएका राजस्व छली गरिएका सामान तथा पाटपूर्जा ल्याई भण्डारण तथा बिक्री वितरण गर्ने …
काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीबाट स्रोत नखुलेको नगद १ करोड ४४ लाख रूपैयाँ सहित काठमाडौं स्वयम्भू बस्ने चिनियाँ नागरिक ४० वर्षीय WANG JIAN लाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सय सहित चिनियाँ नागरिक ३२ वर्षीय SHAOJUN LYU लाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको …
काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा-३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया RIKSHE WANGMO लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो …
काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली चारघरे डेरा गरी बस्ने चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङलाई 999.9 Gold 1 Kg लेखिएको अवैध सुन ६ थान र नगद ४८ लाख रूपैयाँसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । २०८० साउन २ गते बरामद भएको ६० केजि अवैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री वापत अवैध सुनको भुक्तानी USDT बाट …
भक्तपुर, सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् । साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच …
पर्सा, अनलाईनमार्फत ठगी गरेको अभियोगमा ३ जना चिनियाँ नागरिकहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिन हुनान ठेगाना भएका ३३ वर्षीय LIU GUI CAI तथा चिन हुवेई ठेगाना भएका २६ वर्षीय WANG BOHAN र ३६ वर्षीय XIANG XIAO रहेका छन् । अनलाईन लटरी, सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारण नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी …
काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको २ सय ५० थान गरी जम्मा २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय CUI BINGCAN लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र …
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ हजार थान गरी जम्मा १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक ५८ वर्षीय होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर चाईनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट …
काठमाडौं, थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जु लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीको …
रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेबाट भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबाइल ३ थान र आइफोनको लोगो भएको आइफोनको ब्याट्री १५ थानसहित राहदानी नम्बर इइ ७७७५४३३ बाहक २७ वर्षीय CHEN JUNSHAN लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा भन्सार छलि ल्याएको करिब ४ लाख ७३ हजार रुपैयाँ बराबरको …
ललितपुर, बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय …
काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते …