प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको २ सय ५० थान गरी जम्मा २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय CUI BINGCAN लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला पारी उनलाई पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ । 

सम्बन्धित समाचार
चेक अनादर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०१-२३

काठमाडौं, चेक अनादर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका ४७ वर्षीय पुर्ण बहादुर डिम्डुङ र काठमाडौं महानगरपालिका-३१ बस्ने भीमसेनगोला बस्ने तेह्रथुम फिदिम नगरपालिका-४ घर भएका ५८ वर्षीया सलिजा कान्दङवा रहेका   छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका पुर्ण बहादुरलाई ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेकी सलिजालाई काठमाडौं महानगरपालिका-३१ भीमसेनगोलाबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये पुर्ण बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मकवानपुर र सलिजालाई जिल्ला अदालत पाँचथरमा पेश गरिएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०१-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोला गाउँपालिका-३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-२ घर भएका ३९ वर्षीय विजय कुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने ३७ वर्षीय चिरन्जिवी अधिकारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रवेश गुरूङ रहेका छन् । पक्राउ मध्ये सन्दिपले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, निर बहादुरले क्रोएशिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट २ लाख २५ हजार रूपैयाँ, विजय कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २० हजार रूपैयाँ, चिरन्जिवीले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दिप र विजय कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट तथा निर बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट सोमबार, चिरन्जिवीलाई काठमाडौं महानगरपालिका-११ बाट र प्रवेशलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका-१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-१ घर भएकी ३९ वर्षीया बिमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ३१ वर्षीय रोशन तामाङ छन् ।पक्राउ मध्ये शक्तिले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९५ हजार रूपैयाँ, बिमलाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख ६० हजार रूपैयाँ र रोशनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बाट बिहीबार, बिमलालाई ललितपुर ग्वार्कोबाट शुक्रबार र रोशनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बाट शनिबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-२२

काठमाडौं, वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर थिमि नगरपालिका-५ कमेरोटार बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका ४६ वर्षीया रोशना चापागाईलाई प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगार न्यायाधिकरणको २०८१ वैशाख ३० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय  र १ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।