प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
None - हाम्रो बारेमा


सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायल

जय नेपाल, सत्य सेवा सुरक्षणम् , नेपालको संविधान तथा प्रचलित कानुनको अधिनमा रहि समाजमा शान्ति सुरक्षा कायम राख्न तथा अपराधको रोकथाम तथा नियन्तरण गर्ने ट्राफिक ब्यवस्थापन गर्ने, विशिष्ट ब्यक्ति तथा महत्वपुर्ण प्रतिष्ठनको सुरक्षा गर्ने, बिभिन्न प्राकृतिक तथा मानव निर्मित प्रकोपहरुको ब्यवस्थापन गर्ने, आम नागरिकको जिउधनको सुरक्षा गर्ने लगायतका महत्वपुर्ण कार्य बोकेको नेपाल प्रहरी संगठनमा दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न तालिम केन्द्रको आवश्यकता पर्दछ । बिभिन्न समयमा बिभिन्न तालिम केन्द्रको स्थापना भयो ।

बि.स. २०१२ सालमा बैधानिक रुपमा स्थापित नेपाल प्रहरीका नव नियुक्त प्रहरी जवान तथा प्र.स.नि. हरुलाई आम नागरिकबाट दक्ष र ब्यवसायिक प्रहरीमा रुपान्तरण गर्ने र आधारभुत तालिम प्राप्त गरेका प्रहरी कर्मचारीहरुलाई पेशागत दक्षता अभिबृद्दी गराउने उदेश्यले बिभिन्न उन्नत तालिम गराउन मिती २०३९/०७/०१ गते क्षेत्रीय प्रहरी तालिम केन्द्रको रुपमा यो तालिम केन्द्रको स्थापना भएको हो ।

बर्तमान अबस्थामा प्रहरी जवान आधारभुत तालिम र जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुलाई बिभिन्न उन्नत तालिम संचालन गर्दै आईरहेको छ ।

तत्कालिन अवस्थामा सेती अञ्चल डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं. २ घाडी स्थित सेती नदीको किनारमा के.आई सिंह राजमार्गको उत्तर तर्फ १.५ कि.मि. को दुरीमा अवस्थित यो प्रहरी तालीम केन्द्र तत्कालिन माननिय मन्त्री नारायण दत्त भट्ट ज्यू र तत्कालिन प्रहरी नायव महानिरीक्षक हेम बहादुर सिंह ज्यूको सक्रियतामा वि.स.२०३९ साल कार्तिक १ गते स्थापना भएको हो ।

यसको क्षेत्रफल २१० रोपनी रहेको छ । यसको पूर्वमा कोटभैरव मन्दिर तथा ऐतिहासिक प्राचीन दरवारको भग्नाबशेष, पश्चिममा दिपायल विमानस्थल, उत्तरमा प्रहरीबाट संरक्षित तालीम केन्द्र परिसरमा जोडिएको जंगलयुक्त पहाड र दक्षिणमा दिल्पेश्वर महादेवको मन्दिर रहेको छ ।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयको तालीम सम्वन्धि नीति, निर्देशन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्राज्ञिक कृयाकलापलाई आत्मसात गरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रशासनिक नियन्त्रणमा रहने गरी यस सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायलले प्रहरी संगठनले कल्पना गरे अनुरुप सक्षम, ईमान्दार, अनुशासित, पेशागत दक्षतायुक्त व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न, प्रहरीमा भर्ना तथा छनौट भएका प्रहरी कर्मचारीहरुलाई आधारभूत र सेवारत प्रहरी कर्मचारीहरुलाई उन्नत तथा अनुशिक्षण तालीम प्रदान गर्ने उद्देश्य लिएको छ 

सुदूरपश्चिम प्रदेशलाई चाहिने सम्पुर्ण दक्ष प्रहरी जनशक्ति उत्पादन गर्ने जिम्मेवारी यस तालिम केन्द्रको रहेको छ । यस केन्द्रको प्रत्यक्ष मातहतमा बुडर स्थित जोरायल गा.पा. वडा नं. २ डोटी जिल्लामा रहेको प्रहरी प्रशिक्षणस्थल बुडरको भौतिक पुर्वाधारको जगेर्ना गर्दै प्रहरी प्रशिक्षणस्थल बुडरलाई स्तरोन्नति गरि प्रहरी तालीम केन्द्रको रुपमा विकसित गर्ने लक्ष्य राखिएकोछ । आज यहा उपस्थित वरिष्ट महानुभावहरु लाई यसै तालिम केन्द्र र यसकै सेरोफेरोमा संझिप्त जानकारी गराउन पाउदा अत्यन्त हर्षित छौ । 

लक्ष्य:

     व्यवसायिक प्रहरी जनशक्ति उत्पादन गर्न आधारभुत तालीमको माध्यमद्बारा ज्ञान, सिपको बिकास गर्ने, कार्यक्षमता अभिबृद्दी गर्न उन्नत एबं अनुशिक्षण तालीम प्रदान गरी जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न सक्ने सक्षम एबं कुशल प्रहरी जनशक्ति तयार पार्ने रहेको छ ।

उद्देश्य:

  • संगठनको मूल्य, मान्यता (Norms, Value) र अनुशासन लाई कायम राख्दै जन अपेक्षा अनुसार सेवा उपलब्ध गराउन प्रहरीको आचरण व्यवहारलाई जनमैत्री एवं चुस्त दुरुस्त बनाउने सन्दर्भमा तालिमको माध्यमद्बारा ज्ञान, सिप र कार्य कौशलता प्रदान गर्ने ।
  • तालुक कार्यालय तथा यस केन्द्रको तत्वावधानमा आयोजित तालिमहरु संचालन गर्ने र मातहत प्रहरी ईकाईहरुमा संचालन गराउने ।
  • नव प्रवेशी प्रहरी जवानहरुलाई आधारभूत तालिम र प्रहरी सहायक निरीक्षक लाई जुनियर प्रहरी अधिकृत अल्पकालीन आधारभूत तालीम संचालन गरी व्यावसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने साथै आचरण तथा प्रहरी संस्कार र मुल्य मान्यताहरुको विकास गराई कुशल तथा सक्षम प्रहरी जनशक्तिको उत्पादन गर्ने ।
  • सेवा बिशिष्टिकरणको अबधारणा अनुसार समय सापेक्ष व्यवसायीक क्षमता अभिबृध्दी गर्न तालीमको निति र कार्य योजना अनुसार बिभिन्न उन्नत, अनुशिक्षण तथा On the job training तालीमहरु सञ्चालन गर्ने ।
  • नियमित अतिरिक्त कृयाकलापको माध्यमबाट प्रशिक्षक, प्रशिक्षार्थी लगायत सबै प्रहरी कर्मचारीहरुको ब्यक्तिगत क्षमतालाई प्रष्फुटन गराई नेतृत्व क्षमताको विकास गर्ने ।
  • प्रहरी प्रशिक्षण निकायहरुका लागि आवश्यक कुशल एवं योग्य बाहय प्रशिक्षकहरु तयार गर्नु ।
  • तालीम सम्वन्धि खोज तथा अन्वेषण गर्ने साथै आवश्यकता अनुसार निरीक्षण, अनुगमन एवं मुल्यांकन गरी सल्लाह सुझाव प्रदान गर्ने
  • निष्पक्ष एवं पारदर्शी भर्ना तथा छनौट गर्ने ।
  • प्रहरी कर्मचारीहरुको वृति विकासको लागि बिभिन्न कल्याणकारी कार्य गर्ने ।

तालिम केन्द्रका कार्यहरु
क ) प्रहरी कार्य (Police Activity )
     १) तालीम संचालन- आधारभुत/ उन्नत एबं अनुशिक्षण प्रशिक्षण संचालन
     २) प्रहरी कार्य-

  • आन्तरिक - शान्ति सुरक्षा
  • बाह्य - शान्ति सुरक्षाको लागि थप मद्दत

     ३) आन्तरिक कृयाकलाप :- सांस्कृतिक कार्यक्रम , मासिक पत्रिका प्रकाशन
     ४) खेलकुद - आन्तरिक तथा बाह्य, प्रदेश स्तरिय खेलकुद, निजामती खेलकुद, जुडो, कराते, तेकवान्दो
     ५) प्रहरी दिवश/ राष्ट्रिय दिवश

ख ) जनसेवा  (public service)
     १) समाजिक कार्य सरसफाई, सामाजिक निर्माण, धार्मिक कार्य,सुरक्षा गस्ती
     २) उद्धार कार्य - आगलागी, बाढी, पहिरो, सवारी दुर्घटना
     ३) संगीत ब्याण्ड सर्व साधरण ब्यक्तिहरु लाई न्युनतम शुल्कमा ब्याण्ड प्रदान
     ४) भर्ना छनौट - सुचना प्रबाह एबं छनौट
     ५) नागरिक सहायता कक्ष  - जनसेवा प्रवाह सम्बन्धमा
     ६) अतिथि गृह - VIP र विशिष्ट श्रेणीका सरकारी कर्मचारीको लागि नि-शुल्क

     ७) Telemedicine सेवा

     ८) Social Media Crime Help Desk सेवा


ग) कल्याणकारी कार्य ( Wealfare Activity)
     १) आन्तरिक कल्याणकारी कोष स्थापना र परिचालन
     २) केन्द्रिय कोषबाट - प्रहरी परिवार आवास व्यवस्था
     ३) पुर्व प्रहरी कर्मचारीहरु बाट राय संकलन गरी उनिहरुको कल्याणकारी योजना प्रति सहयोगी भुमिका निर्बाह
     ४) महिला आवास भवन व्यवस्था – यस केन्द्रमा तालिमरत आधारभूत र उन्नत तालीमका महिला प्रहरीहरु बस्ने व्यवस्था ।

Card image cap
SSP Krishna Bahadur Palli Magar

Commandant