प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रहरी तालिम केन्द्र, जनकपुर, (हाल राजबिराज) - हाम्रो बारेमा


मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, (हाल राजबिराज)  कार्यालय प्रमुखहरुको नामावली

सि.नंदर्जानामकार्यालय रहेको स्थानकार्यकालफोटो
प्र.व.उ.मुकुन्द राज आचार्यजनकपुर (हाल राजबिराज)२०७५/०५/११२०७६/०५/२०


प्र.व.उ.हरि राज वाग्लेजनकपुर (हाल राजबिराज)२०७६/०५/२२२०७७/०८/०७


प्र.व.उ.केदार ढकालजनकपुर (हाल राजबिराज)२०७७/०८/१२ २०७८/९/२८


प्र.व.उ.
रबिन्द्र के.सी.
जनकपुर (हाल राजबिराज)
२०७८/९/२८
२०७९/१०/०२



प्र.व.उ.
ईश्‍वर कार्की
जनकपुर (हाल राजबिराज)
२०७९/१०/१५
२०७९/१०/२९



प्र.व.उ.गोपाल चन्द्र भट्टराई
जनकपुर (हाल राजबिराज)
२०८०/११/०८२०८२/०२/२१


प्र.व.उ.भिम दाहाल
जनकपुर (हाल राजबिराज)
२०८२/०२/२२२०८३/०२/२६


प्र.व.उ.प्रज्वल महर्जनजनकपुर (हाल राजबिराज)२०८३/०३



मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, (हाल राजबिराज) को पोशाक

कार्यालय पोशाक (औपचारीक कार्यक्रममा):

 

यस केन्द्रको जनशक्ति सम्बन्धी विबरण:                                                                             मिति:-२०८३/०४/०१ गते ।

सि.नं विवरण प्र.व.उ. प्र.ना.उ. प्र.नि. प्र.व.ना.नि.
प्र.ना.नि. प्र.स.नि. प्र.व.ह.
प्र.ह. प्र.स.ह.
प्र.ज.प्र.प्र.ज.प्र.का.स.जम्मा
दरबन्दी संख्या
१२
१७   १४
२८९२१३२००
 २कार्यरत संख्या १
२१
१२
१८
२०
५६
-
१७
१५६


समादेशक ज्यूको सन्देश:

" गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको कान्छो तालिम केन्द्रको रुपमा परिचित मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय राजविराज स्थापनाको आठौं वर्षको सुखद उपलक्ष्यमा वार्षिकोत्सव स्मारीकाको रुपमा मिथिलाको पाँचौ अंक प्रकाशन गर्न पाउँदा अत्यन्त हर्ष महसुस गरेको छु । स्थापनाको छोटो अवधीमै आवश्यक पुर्वाधारको क्रमिक विकास एवं स्तरोन्नती मार्फत प्रशिक्षण मैत्री वातावरणको निर्माण गरी समाजका लागी आवश्यक जिम्मेवारी वहन गर्न सक्ने सवल, दक्ष, नैतिकवान, कर्तव्यनिष्ठ र व्यावसायिक जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा पहिचान बनाएको यस संस्थाको समादेशक भई प्रत्यक्ष रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु ।

जिवन आफैमा निरन्तर सिकाई र संघर्षको यात्रा हो । प्रहरी जिवनमा आउने चुनौति र जिम्मेवारी वहनमा कर्तव्य पथवाट अविचलित रही राष्ट्र प्रेम र समाज/नागरिक प्रतिको समर्पण त्यागबाट नै प्रहरीको ओजलाई थप विभुषित  हुदै आएको पाउछौ । करिब १ बर्षको अवधीको कठोर, अनुशासित तालिममा गरिएको परिश्रमले प्रशिक्षार्थीहरुमा ज्ञान, शीप, आत्मवल, सामुहिक भावना र सकारात्मक सोचको विकास हुनेमा विश्वस्त छु ।

यसै क्रममा यस केन्द्रवाट स्थापनाकाल देखी हालसम्म ११८० जना दक्ष प्रहरी जवान उत्पादन गरी देशका विभिन्न स्थानहरूमा सेवारत छन भने ४२० जना प्रशिक्षार्थी प्रहरी जवानहरू तयारी अवस्थामा रहेको छन । यस अतिरिक्त सेवाकालिन तालिम मार्फत हालसम्म ७६५९ जना प्रहरी कर्मचारीहरू प्रशिक्षित भई मधेश प्रदेशका विभिन्न प्रहरी इकाईहरूमा सेवारत छन् । तालिमको निश्चित कार्यादेशको अतिरिक्त नव प्रर्वतनीय कार्यहरू, विषयविज्ञहरू संगको Physical, Virtual Connection र अन्तनिकाय समन्वय एवं भ्रमणहरूको माध्यम वाट गुणस्तरीय तालिम प्रदान गर्नुका साथै प्रशिक्षार्थीहरूको व्यक्तित्व विकासका लागी अतिरिक्त क्रियाकलापहरू समेत संचालन गरिदै आएको छ ।

वार्षिक तालिम सम्बन्धी गतिविधीहरू, प्रशिक्षार्थी, प्रशिक्षक विषयविज्ञ एवं आख्यानकारहरुबाट प्राप्त पेशागत सम-सामयिक लेख रचनाहरूलाई संग्रहित गरी तालिम केन्द्रको मुख  पत्रको रुपमा 'मिथिला'को पाचौं अंक प्रकाशित गर्न पाउँदा ज्यादै हर्षित, उत्साहित एवं उत्प्रेरित महसुस गरेको छु ।  

अन्त्यमा, 'मिथिला' स्मारिकाको पाचौं अंक-२०८३ प्रकाशनको लागि लागी शुभकामना दिई हौसला प्रदान गर्नुहुने संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्की ज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी ज्यू, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी ज्यू, आफ्नो लेख, रचना प्रदान गर्नुहुने विद्धत वर्ग, सम्पादक मण्डल, यस केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरू, प्रहरी जवान आधारभुत तालिम (५-०६), (५-०७) औं समुह सेवाकालिन तालिममा तालिमरत सम्पुर्ण प्रशिक्षार्थीहरू र स्मारीका प्रकाशनमा प्रत्यक्ष परोक्ष रुपमा जोडिनु भएका सम्पुर्ण महानुभावहरू प्रति विशेष धन्यवाद एवं कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

दुरदृष्‍टी: (Vision)
मधेश प्रदेश अन्तरगतका प्रहरी कर्मचारीहरुलाई समायानुकुल  प्रशिक्षण  प्रदान गर्न Center of Excellence को रुपमा विकास गर्ने ।


ध्येय (Mission)
विभिन्न आधारभुत तथा उन्नत तालिमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने ।


लक्ष्य (Goal)
प्रभावकारी प्रशिक्षण प्रदान गरी सैद्दान्तिक तथा व्यवहारिक ज्ञानयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने ।


उद्देश्य (Objectives)

  • संगठनको मूल्य, मान्यता र अनुशासनलाई  कायम राख्दै जन अपेक्षा अनुसार सेवा उपलब्ध गराउन प्रहरीको आचरण व्यवहारलाई जनमैत्री एवं चुस्त दुरुस्त बनाउने सन्दर्भमा तालिमको माध्यमद्बारा ज्ञान, सिप र कार्य कौशलता प्रदान गर्ने ।
  • आवश्यक्ता अनुसार मधेश प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी कर्मचारी लक्षित मनोबल तथा क्षमता अभिवृद्धि अनुशिक्षण संचालन गर्ने ।
  • तालुक कार्यालय तथा यस तालिम केन्द्रको तत्वावधानमा आयोजित तालिमहरु संचालन गर्ने ,मातहत प्रहरी ईकाईहरुमा संचालन गराउने ।
  • नव प्रवेशी प्रहरी जवानहरुलाई आधारभूत तालिम र बढुवा भएका प्रहरी सहायक निरीक्षकहरुलाई जुनियर प्रहरी अधिकृत अल्पकालीन आधारभूत तालिम संचालन गरी  व्यावसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने साथै आचरण तथा प्रहरी संस्कार र मुल्य मान्यताहरुको विकास गराई कुशल तथा सक्षम प्रहरी जनशक्ति उत्पादन गर्ने ।
  • सेवा बिशिष्टिकरणको अवधारणा अनुसार समय सापेक्ष व्यवसायिक क्षमता अभिवृद्धि गर्न तालिमको नीति र कार्य योजना अनुसार बिभिन्न उन्नत, अनुशिक्षण तथा सेवाकालीन (On the job training) तालिमहरु सञ्चालन गर्ने ।
  • नियमित अतिरिक्त कृयाकलापको माध्यमबाट प्रशिक्षक, प्रशिक्षार्थी लगायत सबै प्रहरी कर्मचारीहरुको ब्यक्तिगत क्षमतालाई प्रष्फुटन गराई नेतृत्व क्षमताको विकास गर्ने ।
  • प्रहरी प्रशिक्षण निकायहरुका लागि प्रशिक्षक प्रशिक्षण (कवाज) तालिम संचालन गरी आवश्यक कुशल एवं योग्य बाह्य प्रशिक्षकहरु तयार गर्ने ।
  • संगठनको लागि आवश्यक प्रहरी जवानहरुको भर्ना तथा छनौट गर्दा निष्पक्ष एवं पारदर्शी तरिकाबाट गर्ने ।
  • प्रहरी कर्मचारीहरुको वृति विकासको लागि बिभिन्न कल्याणकारी कार्य गर्ने ।


 Faculty Members:


         

       Ins Komal Thakur

Mr. Thakur joined Nepal Police in 2015 and completed Bachelor Degree in L.L.B. from Mahendra Multiple Campus Dharan, Nepal & completed his Master Degree from Tribhuwan University. In his 11 years of service, he had worked in various units of Nepal police in different role and responsibilities. He has sound knowledge and experiences of General Policing, Police Operation and Crime Investigation and has also attended in various professional trainings and seminars in Nepal such as Crime Investigation, VIP Security, Money Laundaring, Investigation training on crime related women & children, Training of Trainer (TOT), Operational Command management, Crowd and riot Control Management, Serior Command etc.Currently, he has been working as an instructor in Madhesh Province Police Training Centre, Rajbiraj since September, 2025






Ins Medani Prasad Sah

Mr. Sah joined Nepal Police in 2015 and completed Bachelor Degree in L.L.B. from Mahendra Multiple Campus Dharan, Nepal & completed his Master Degree from Tribhuwan University. In his 11 years of service, he had worked in various units of Nepal police in different role and responsibilities. He has sound knowledge and experiences of General Policing, Police Operation and Crime Investigation and has also attended in various professional trainings and seminars in Nepal such as Crime Investigation, VIP Security, Money Laundaring, Investigation training on crime related women & children, Training of Trainer (TOT), Operational Command management, Crowd and riot Control Management, Serior Command etc.Currently, he has been working as an instructor in Madhesh Province Police Training Centre, Rajbiraj since September, 2025i

Ins Rakesh Regmi


Mr. Regmi joined Nepal Police in 2015 and completed Bachelor Degree in L.L.B. from Mahendra Multiple Campus Dharan, Nepal & completed his Master Degree from Tribhuwan University. In his 11 years of service, he had worked in various units of Nepal police in different role and responsibilities. He has sound knowledge and experiences of General Policing, Police Operation and Crime Investigation and has also attended in various professional trainings and seminars in Nepal such as Crime Investigation, VIP Security, Money Laundaring, Investigation training on crime related women & children, Training of Trainer (TOT), Operational Command management, Crowd and riot Control Management, Serior Command etc.Currently, he has been working as an instructor in Madhesh Province Police Training Centre, Rajbiraj since September, 2025

Ins Dibas Kunwar

Mr. Kunwar joined Nepal Police in 2015 and completed Bachelor Degree in L.L.B. from Mahendra Multiple Campus Dharan, Nepal & completed his Master Degree from Tribhuwan University. In his 11 years of service, he had worked in various units of Nepal police in different role and responsibilities. He has sound knowledge and experiences of General Policing, Police Operation and Crime Investigation and has also attended in various professional trainings and seminars in Nepal such as Crime Investigation, VIP Security, Money Laundaring, Investigation training on crime related women & children, Training of Trainer (TOT), Operational Command management, Crowd and riot Control Management, Serior Command etc.Currently, he has been working as an instructor in Madhesh Province Police Training Centre, Rajbiraj since September, 2025


Card image cap
SSP Prajwal Maharjan

Commandant