अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८२-११-१५मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सुजन सिटौलालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-११-१५सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १८ ट्याब्लेट र स्पास्पेन २ सय १८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय दिनेश राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-४ आइतबारे डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका-१० घर भएका १९ वर्षीय आकाश कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१४ बोडिङ स्कुल टोल बस्ने २२ वर्षीय निशान उप्रेतीलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३३ एम्पुल सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ सानो दुमदुमुवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९ एम्पुल र फेनारगन ८ एम्पुल सहित ओमसतिया गाउँपालिका-३ बडसारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको युपि ५३ एएम ९७५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बाँके, कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय मान बहादुर केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-९ झण्डहवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका-९ झण्डहवा बस्ने २२ वर्षीय सुवास थारूलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२० ज्ञानपुर बस्ने ३६ वर्षीय धनिराम कुर्मी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका-१० दैजी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २३ वर्षीय सन्तोष सार्की र २८ वर्षीय उद्धव सिह साहु रहेका छन् । अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१९ बहुलिया बस्ने २१ वर्षीय सुशान्त चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-११-१५ओखलढुङ्गा, ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- Invitation for Bids (2082-11-15)
- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (२०८२-११-११)
- Invitation for Bids (2082-11-10)
- प्राविधिक प्रहरी निरीक्षक (मेडिकल अफिसर एम.बी.बी.एस.) पदको वैकल्पिक उम्मेदवार नियुक्ति सम्बन्धी सूचना (२०८२-११-०४)
- प्राविधिक प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) र प्राविधिक प्रहरी सहायक निरीक्षक (सूचना प्रविधि/कम्प्युटर) पदहरूको वैकल्पिक उम्मेदवार नियुक्ति सम्बन्धी सूचना (२०८२-११-०४)
- Re-Invitation for Bids
- Invitation for Bids (2082-10-26)
रिपोर्ट तथा प्रकाशन