अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
सवारी चालक उन्नत तालिम सुरू
२०८२-१२-२९काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ३१ औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अञ्जनराज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १४ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-१२-२९काठमाडौं, काठमाडौं महानगरपालिका-९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३९ वर्षीय MOHSIN SALAUDDIN KHAN र ३१ वर्षीय MOHAMMED RAHIL MOHAMMED TAHIR GANGU रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजा सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र बुप्रेनोर्फिन ५४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१६ बस्ने ३६ वर्षीय दिनेश विकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ४४६६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय राकेश तामाङ र ३५ वर्षीय राम कुमार रसाईली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२७ प ६८८६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१२ चपरगौडी बस्ने १९ वर्षीय प्रितम टमाटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-११ पर्गती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय जीवन चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित कैलारी गाउँपालिका-५ बस्ने २५ वर्षीय संजय चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित कैलारी गाउँपालिका-३ बस्ने ४२ वर्षीय श्याम बहादुर चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-८ सुबाहलबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल, नाइट्राभेट २६ ट्याब्लेट, ट्रामाडोल ५० ट्याब्लेट र नगद १७ हजार ८ सय रूपैयाँ सहित सोही महानगरपालिका-८ बस्ने ३४ वर्षीय आकाश खड्गीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-११ मंगलबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५६ ट्याब्लेट र नगद ३ लाख ५० हजार ३ सय १० रूपैयाँ सहित सोही महानगरपालिका-११ वासहीटी बस्ने मोरङ घर भएका ३९ वर्षीय गोविन्द प्रसाद माझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले बा.३४ प १५०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ सितलहाईटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट, डिकोलिक ८ ट्याब्लेट र नगद ५ हजार ५ सय ८० रूपैयाँ सहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र तोलाङग्रे, २८ वर्षीय बलराम तोलाङग्रे, २८ वर्षीय बलराम थापा, सोही नगरपालिका-५ टिकाथली बस्ने सिराहा घर भएका ३० वर्षीय रोसन कुमार सिंह र सोही नगरपालिका-४ सितलहाईट बस्ने सिन्धुली घर भएका २७ वर्षीय गणेश परियार रहेका छन् । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम २ सय ३० मिलिग्राम सहित धनकुटा, धनकुटा नगरपालिका-६ बस्ने २६ वर्षीय झुमक बहादुर भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने प्युठान घर भएका ३३ वर्षीय सन्तोष जिसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने तनहुँ घर भएका ३० वर्षीय बिपिन अधिकारीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २२ मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । साथै थप अनुसन्धानको लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० सिमाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने ३२ वर्षीय बिकी बिश्वकर्मा र सोही उपमहानगरपालिका-१२ भोर्ले बस्ने ३० वर्षीय बुद्द स्याङतान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००५ प ८५१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने ४८ वर्षीय कुल प्रसाद भट्टराईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
करिब २ सय ८६ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-१२-२९धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८६ किलो ४ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८२-१२-२९ | बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२।१२।२९ गते १५:०० बजे सम्म । | |
| २०८२-१२-२६ | निष्क्रिय प्रहरी कुकुर वितरण सम्बन्धी सूचना | |
| २०८२-१२-२४ | Invitation for Sealed Quotations | |
| २०८२-१२-२३ | Re-Invitation for Bids | |
| २०८२-१२-२२ | नेपाल पुलिस स्कुल सामाखुशी, काठमाडौंमा रिक्त प्राचार्य पदको संक्षिप्त सूचि (Short List) प्रकाशित गरिएको (मिति २०८२/१२/२२ गते)। | |
| २०८२-१२-२० | जनपद प्रहरी समूहतर्फका प्र.स.ह.हरुको सरूवा सम्बन्धमा (मिति २०८२/१२/२० गते)। |
हाईलाईटहरु
- प्रहरी निरीक्षक (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२७)
- निष्क्रिय प्रहरी कुकुर वितरण सम्बन्धी सूचना
- Invitation for Sealed Quotations
- Re-Invitation for Bids
- नेपाल पुलिस स्कुल सामाखुशी, काठमाडौंमा रिक्त प्राचार्य पदको संक्षिप्त सूचि (Short List) प्रकाशित गरिएको (मिति २०८२/१२/२२ गते)।
- जनपद प्रहरी समूहतर्फका प्र.स.ह.हरुको सरूवा सम्बन्धमा (मिति २०८२/१२/२० गते)।
- प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
रिपोर्ट तथा प्रकाशन