जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-१२
- A
- A-
- A+
कञ्चनपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-१ बैशाखी बस्ने २० वर्षीय राजेश शाहीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।