प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

२०८३-०४-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१० थापागाउँ धोबिखोला करिडोर नजिकै डेरा गरी बस्ने रामेछाप घर भएका ५३ वर्षीय रहर बहादुर मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा रहर बहादुर समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

पाल्पा, माथागढी गाउँपालिका-३ सराई बस्ने ५० वर्षीय तुल्सी राम मश्राङगीको घरमा जुवातास खेलिरहेको अवस्थामा तुल्सीराम समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ९ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०५-०५

भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित पात्ले जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विजय खत्री समेत ६ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ५ सय रूपैयाँ र १७ थान ओखर सहित पक्राउ गरेको हो ।रूपन्देही, बुटवल उपमहानगरपालिका-३ गोलपार्कबाट जुवातास खेलिरहेको अवस्थामा देवदह नगरपालिका-५ बस्ने ३४ वर्षीय आकाश गुरूङ समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ६ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०५-०२

ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ सातदोबाटो बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ घर भएका ६० वर्षीय जय प्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-५ बरालचोकस्थित मेटल उद्योगमा जुवातास खेलिरहेको अवस्थामा उद्योगका संचालक बाग्लुङ जैमुनी गाउँपालिका-१० घर भएका ३१ वर्षीय ओमबहादुर थापा समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको   हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
२०८३-०४-३१

कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ बस्ने ३२ वर्षीय बिनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत १५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-८ बोडे डायमण्ड चोकस्थित सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय ढकल बहादुर तामाङको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकल बहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ५४ हजार रूपैयाँ र २५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।