जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
२०८३-०४-२०
- A
- A-
- A+
दाङ, लमही नगरपालिका-३ नारायणपुरस्थित नारायणीश्वरी मन्दिरको प्रतीक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बयलडाँडा बस्ने २६ वर्षीय रामकृष्ण चौधरी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट नर्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार २३ रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।