अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-०९
- A
- A-
- A+
धादिङ, थाक्रे गाउँपालिका-२ समनटारबाट अवैध लागूऔषध चरेश करिब ८ केजी ५ सय ग्राम सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने ३५ वर्षीया लक्ष्मी पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पालुङबाट महादेवबेशीतर्फ आउँदै गरेको बा.५ ख ६५९० नम्बरको यात्रुबाहक बसलाई ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।