प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०८-२५

  • A
  • A-
  • A+
Share

भक्तपुर, 

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका मध्यपुर ठिमी नगरपालिका-२ धुन्चेपाखा साईबर चोकस्थित हार्डवयर पसलमा काम गरी बस्ने २३ वर्षीय आकाश नेपालीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

आकाशले आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार