जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-०३
- A
- A-
- A+
रोल्पा, १५ वर्षीया र ११ वर्षीया बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा थवाङ गाउँपालिका-४ थर्पु बस्ने ५५ वर्षीय धन प्रसाद पुनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकाहरूलाई जबजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दाङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय चुडामणी डाँगीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डाँगीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।