प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा ८ जना पक्राउ

२०७८-०९-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं,

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

गेष्ट हाउसमा महिलालाई सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न व्यक्तिहरुल जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानको क्रममा ७ जनालाई मंगलबार र १ जनालाई बुधबार पक्राउ गरेको हो । 

घटनामा संलग्न हाल फरार अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-१७

म्याग्दी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धवलागिरी गाउँपालिका-७ बस्ने ५० वर्षीय धन बहादुर सिर्पालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।डडेलधुरा, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-१० बस्ने ४० वर्षीय मान बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-१६

ललितपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ भैँसीपाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रमेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोरङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-९ बस्ने ५५ वर्षीय राम बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।