प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२०८१-०८-०७

  • A
  • A-
  • A+
Share

सुनसरी, इटहरी उपमहानगरपालिका-६ स्थित गजुरमुखी होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय नवीन पुरी समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रूपैयाँ र ३० बुक तास सहित पक्राउ गरेको   हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१० पड्डा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-६ घर भएका ५९ वर्षीय चेत लाल बुढाथोकीको कोठामा जुवातास खेलिरहेको अवस्थामा चेतलाल समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ११ हजार ७ सय १० रूपैयाँ, ६ सय १८ पत्ता तास र कौडा १६ थान सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०१-१८

कास्की, पोखरा महानगरपालिका-१९ गैरीखोला बस्ने ४४ वर्षीया बिना पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा बिना समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार २ सय ५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित पार्किङ गरिराखेको बा.५ ख ७३१५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा भक्तपुर दुवाकोट बस्ने काभ्रे घर भएका ३० वर्षीय महेश पन्त समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित रोहित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक सोही ठाउँ बस्ने ४२ वर्षीय कालुराम चौधरी समेत १० जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार २ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०१-१६

भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने बिदुर भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय हिराकाजी निरौला समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-२ बिजयनगर बस्ने ४५ वर्षीय आशाराम चौधरीको घर गोठमा जुवातास खेलिरहेको अवस्थामा आशाराम समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८३-०१-१५

  कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्बेन्द्र समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१५ टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका-१३ मियापाटन बस्ने ४१ वर्षीया चन्द्रा गुरूङले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रा समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।