प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२०८३-०१-१५

  • A
  • A-
  • A+
Share

  कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्बेन्द्र समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१५ टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका-१३ मियापाटन बस्ने ४१ वर्षीया चन्द्रा गुरूङले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रा समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२२

रूकुम पश्चिम, त्रिवेणी गाउँपालिका-४ लामाखेत बस्ने बिमल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नन्दराम बाठा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्रुतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १ सय ५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीस्थित चुलाढुंगे रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका सञ्चालक सोही ठाउँ बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-४ घर भएका ४१ वर्षीय कुलदिप राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ६ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।