प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूहको तालिम सञ्चालन

२०८१-०८-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूहको तालिम सञ्चालन भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले तालिम उद्‍घाटन गर्दै बढ्दो सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३० जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
२०८३-०३-११

काठमाडौं, गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको अभियोगमा काठमाडौं साविक मातातिर्थ गाविस-७ बस्ने ४७ वर्षीया चेतन ए.एम.(पौडेल) लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका-८ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्रागिरी नगरपालिका-८ मा संचालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा उनले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीहरुको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको एवम् बिरामीलाई औषधि सिफारिस समेत गर्ने गरेको खुल्न आएको छ । उनी उपर मुलुकी अपराध संहिता, २०७४ को इलाज सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित भारतीय नागरिक पक्राउ
२०८३-०३-११

काठमाडौं, काठमाडौं महानगरपालिका-२५ ठहिटीबाट अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित सोही ठाउँ बस्ने भारत सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भएका ३३ वर्षीय अमित इरगोन्डा घालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ज्याठा ठहिटी एरियामा अवैध रूपमा विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुनचाँदीहरू ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमितलाई अमेरिकी डलर ३४ हजार ५ सय, नेपाली नगद ७ लाख ३० हजार रूपैयाँ, ७५ ग्राम तौलको सुन जस्तो देखिने धातुका विभिन्न टुक्राहरू १७ थान र २ किलो ६ सय ग्राम तौलको चाँदी जस्तो देखिने धातुका विभिन्न आकारको टुक्राहरू सहित पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ । 

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-१०

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पीडित महिलाको अश्लिल तस्विर/भिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०३-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिशाल बानिया, काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय रिजन खङी र ललितपुर सातदोबाटो बस्ने कैलाली घर भएका २३ वर्षीया प्रिन्सी शाह रहेका छन् । पक्राउ मध्ये बिशालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिजनले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८५ हजार रूपैयाँ र प्रिन्सीले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिशाल र रिजनलाई काठमाडौं महानगरपालिका-१४ बाट सोमबार र प्रिन्सीलाई ललितपुर महानगरपालिका-४ बाट मंगलबार पक्राउ गरेको  हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको रकम सहित पक्राउ
२०८३-०३-१०

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रूपैयाँ सहित सोही ठाउँस्थित मोबाईल होम नामक ईलेक्ट्रिक पसलका संचालक भारत राजस्थान घर भएका ४४ वर्षीय दिलिप अग्रवाल मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । साथै काठमाडौं महानगरपालिका-२२ प्यूखाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी घर भएका २२ वर्षीय सबिन तामाङ र काठमाडौं बाफल बस्ने ७३ वर्षीय बिनोद अग्रवाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।