प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-०८-२१

  • A
  • A-
  • A+
Share

रामेछाप, खाँडादेवी गाउँपालिका-१ कुलोडाँडा बस्ने ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एकनाले भरूवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारूद जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार