प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८३-०२-२०

  • A
  • A-
  • A+
Share

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१५ पोटाहा बस्ने ५५ वर्षीय ओम प्रकाश चौधरीलाई एकनाले भरूवा बन्दुक १ थान, छर्रा, बारूद लगायतका हातहतियार सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार