एकनाले भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०२-२०
- A
- A-
- A+
धनकुटा, धनकुटा नगरपालिका-९ खुलाल टोलबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिजय राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।