प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपहरणमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

२०८१-१०-०१

  • A
  • A-
  • A+
Share

सर्लाही, १५ वर्षीय बालकको अपहरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ब्रम्हपुरी गाउँपालिका-४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम पासवान र भारत बिहार राज्य सितामडी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् । 

भारतीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेका भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले ब्रम्हपुरी गाउँपालिका-४ स्थित रामजी साह बस्ने गरेको घरकोठामा बन्धक बनाई राखेका अवस्थामा ती बालकलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड, मोवाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बिआर ०६ बिटि २८५० नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।  

उनीहरू उपर जिल्ला अदालत सर्लाहीबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
२०८३-०३-१०

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने झापा दमक नगरपालिका-४ शान्तिटोल बस्ने ४८ वर्षीया मीना तिवारी र काठमाडौं महानगरपालिका-६ बस्ने सविता कार्की रहेका  छन् ।    जिल्ला अदालत झापाबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी मीनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ तिनकुनेबाट सोमबार पक्राउ गरेको हो । साथै  साविक पुनरावेदन अदालत पाटनबाट २०७१ वैशाख २९ गते उक्त मुद्दामा ३ वर्ष कैद सजाय र नगद ८ करोड ५० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी सवितालाई गोकर्णेश्‍वर नगरपालिका-४ बाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये मीनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ भने सवितालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-१०

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पीडित महिलाको अश्लिल तस्विर/भिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकम सहित पक्राउ
२०८३-०३-१०

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रूपैयाँ सहित सोही ठाउँस्थित मोबाईल होम नामक ईलेक्ट्रिक पसलका संचालक भारत राजस्थान घर भएका ४४ वर्षीय दिलिप अग्रवाल मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । साथै काठमाडौं महानगरपालिका-२२ प्यूखाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी घर भएका २२ वर्षीय सबिन तामाङ र काठमाडौं बाफल बस्ने ७३ वर्षीय बिनोद अग्रवाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०३-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिशाल बानिया, काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय रिजन खङी र ललितपुर सातदोबाटो बस्ने कैलाली घर भएका २३ वर्षीया प्रिन्सी शाह रहेका छन् । पक्राउ मध्ये बिशालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिजनले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८५ हजार रूपैयाँ र प्रिन्सीले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिशाल र रिजनलाई काठमाडौं महानगरपालिका-१४ बाट सोमबार र प्रिन्सीलाई ललितपुर महानगरपालिका-४ बाट मंगलबार पक्राउ गरेको  हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४२ वर्षीय सविन आचार्य र काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने भारत बिहार पुर्वी चम्पारण रामधरवा पिपलपाती घर भएका ३६ वर्षीय सफिकुर रहमान रहेका छन् । पक्राउ मध्ये सविनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६५ रूपैयाँ र सफिकुरले फिनल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सविनलाई काठमाडौं महानगरपालिका-१२ बाट र सफिकुरलाई गोकर्णेश्‍वर नगरपालिका-८ बाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।