प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय भरत सन्ज्याललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ पहाड रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-२ तेघरी बस्ने २२ वर्षीय धिरज बलायरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाँउ डेरा गरी बस्ने गोदावरी नगरपालिका-२ घर भएकी २२ वर्षीय रिया भन्ने बिष्ना पालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ मडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित शिवराज नगरपालिका-५ चन्द्रौटा बस्ने ४४ वर्षीय बसन्त कुमार न्यौपानेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले लु.३७ प ५१०९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

डोटी, दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध आदर्श गाउँपालिका-५ बस्ने २२ वर्षीय दिनेश रोकायासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात उनको खोजी गर्ने क्रममा दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला डेरा गरी बस्ने १९ वर्षीय अर्जुन बोहराको कोठामा फेला पारी दिनेश र अर्जुनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ती आङ्देम्बे (भुजेल) रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २५ वर्षीय निशान चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५४ प ९८८९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-४ आँपगाछीस्थित कोशोलोक मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-४ देब्रे बस्ने २३ वर्षीय रोशन श्रेष्ठ र २४ वर्षीय निरज घिमिरे रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले बागमती प्रदेश-०२-०३५ प १५३४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ
२०८३-०१-१८

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१ छप्कैया घर भएका २० वर्षीय ईन्द्र जित शाह कलुवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना .१ ज ७१७८ नम्बरको टाटा सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-६ बिष्णुमती च्यसिङडोलबाट अवैध लागूऔषध पोलेन ८ सय २१ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने रूकुम पूर्व घर भएकी ३३ वर्षीया कमला गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३७ ग्राम सहित भारत अररिया जोगमणि नगर पन्चायत-५ बस्ने २२ वर्षीय निकेश कुमार शर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८६६९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ८० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रदिप दाहाललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित अर्जुनधारा नगरपालिका-१ बस्ने २२ वर्षीय सुकराज उरावलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ३७ किलोग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय गणेश कुमार यादव  र ४२ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले बिआर ३२ डि ५८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित जोशिपुर गाउँपालिका-५ सिमराना बस्ने १६ वर्षीय किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ मटियारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-७ हर्कटेबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ८० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम नगरपालिका-७ बस्ने २३ वर्षीय समिर गोले र माइजोगमाई गाउँपालिका-५ बस्ने २५ वर्षीय मनोज खत्री रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले फिक्कलबाट झापातर्फ जाँदै गरेको प्र.१-०१-०१५ प १२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, दुहवी नगरपालिका-१० चरैयाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय ददुवा पासवानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनर्वास बस्ने २५ वर्षीय सजिब राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले सजिबको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ फोकल्याण्ड बस्ने ३० वर्षीय सुरज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.२९ प २९४९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  चितवन, भरतपुर महानगरपालिका-११ भोजाडबाट नियन्त्रित लागूऔषध नोर्फिन ६ एम्पुल, फेनारगन ६ एम्पुल, डाइजेपाम ६ एम्पुल र नगद १ लाख ७९ हजार २ सय रूपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-११ बस्ने २६ वर्षीय प्रकाश परियार, ३० वर्षीय अर्जुन कुमाल र २७ वर्षीय सुमन गुरूङ रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.६५ प ९२९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ आँपटारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८८ ट्याब्लेट सहित तनहुँ आँबुखैरेनी गाउँपालिका-३ घर भएका २२ वर्षीय कुशल गुरूङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    यसैगरी चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडी जङ्गलबाट अवैध लागूऔषध गाँजा ३ किलो १ सय ग्राम सहित सोही नगरपालिका-५ चौकी डाँडा बस्ने २९ वर्षीय सुरेश स्याङतानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.५६ प ११५७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१८ लामागाउँबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने स्याङ्जा घर भएका २६ वर्षीय सुबिन थापा मगर र सोही नगरपालिका-१८ धारापानी बस्ने २७ वर्षीय अर्जुन सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुबिनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-३ सामादैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय केशब बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-२ सिंहपाल बस्ने ४७ वर्षीय करन ओखेडा समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ह ८४४३ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक करन समेत उनीहरूलाई पक्राउ गरेको हो ।   जाजरकोट, शिवालय गाउँपालिका-१ छेडाचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नलगाड नगरपालिका-७ बस्ने २० वर्षीय सौगात सुनार, २३ वर्षीय नरेन्द्र सुनार, २६ वर्षीय भुपेन्द्र सुनार र नलगाड नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका  छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.८ प ५५३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   पर्सा, पोखरिया नगरपालिका-४ पोखरिया ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २७ वर्षीय साद आलमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ नयाँबस्ती बस्ने २० वर्षीय राजन घर्ती मगर र सोही उपमहानगरपालिका-६ सितानगर टोल बस्ने २१ वर्षीया मुना गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैँचा नगरपालिका-९ ज्योती टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट र स्पास्मो ३५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिकल राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल तथा लागूऔषध सहित चार जना पक्राउ
२०८३-०१-१८

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-५ लगायत काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउण्ड, एसएलआर हतियारको गोली २ राउण्ड र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय सुबास साही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०१-१७

कैलाली, लम्कीचुहा नगरपालिका-१० चुहा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय हिरा सिंह चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बाँसगढी नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-४ गन्धर्व बस्ती बस्ने ४३ वर्षीय अस्गर अली तेलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.४ प ६३८७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०१-१७

झापा, दमक नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय मन कुमार लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ बस्ने २५ वर्षीय बिनोद जोगीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड  नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम र नगद ४ हजार २ सय रूपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-२ बस्ने ३० वर्षीय सन्तोष राई, बाह्रदशी गाउँपालिका-६ बस्ने ३२ वर्षीय पुरण राई, ताप्लेजुङ फुङलिङ नगरपालिका-२ बस्ने ३० वर्षीय अशिम राई र कनकाई नगरपालिका-४ बस्ने २३ वर्षीय संदिप श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-९ शान्ति चोक बस्ने ३३ वर्षीय हरी श्रेष्ठलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र डिजिटल तराजु १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद २८ हजार ३ सय रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने ४१ वर्षीय किरण भन्ने श्याम कुमार तामाङ र कनकाई नगरपालिका-१ बस्ने ३८ वर्षीय पुकार बराल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय मन कुमार लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-११ बडैपुर बस्ने २९ वर्षीय रबिन बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले युके ०३ टिए ७७२७ नम्बरको कार तलासी गर्दा उक्त पदार्थ फेला पारी चालक रबिनलाई पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने २३ वर्षीय मनिष थापा र बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २५ वर्षीय मनोज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-५ लब्ली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय बिरेन्द्र कुमाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-१ बस्ने ४४ वर्षीय सुरेन्द्र चौधरी, ३० वर्षीय भुवन कठरिया र २१ वर्षीय प्रसन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय संजय रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-५ गुलरियाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ बस्ने २० वर्षीय करन विक र २६ वर्षीय चन्दरे टमट्टा रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प ९०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित सोही गाउँपालिका-२ फुटाह बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइली मिलन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय खेमराज कठायत र २४ वर्षीय हिमाल जंग शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-१० बाट Methylenedioxymethamphetamine (MDMA) सिन्थेटिक ड्रग्स जस्तो देखिने पदार्थ २ सय ८ ग्राम २ सय मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुस्ता गाउँपालिका-५ बस्ने ३३ वर्षीय इस्तकार हुसैन र  बर्दघाट नगरपालिका-१० बस्ने ६१ वर्षीय धनलाल चापागाई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-१६

झापा, अर्जुनधारा नगरपालिका-११ चियाबगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३४ वर्षीय उमेश तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१० प ९२९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पाँचथर, फिदिम नगरपालिका-१ शनिबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ घर भएका २३ वर्षीय अशोक गुरूङ र २३ वर्षीय राजु तामाङ रहेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-३ बस्ने २४ वर्षीय प्रताप राई, त्रियुगा नगरपालिका-१२ बस्ने २४ वर्षीय मोहमद इस्माइल र मोरङ कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय बिबेक कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ नगरकोट बस्ने ३२ वर्षीय सन्देश लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ मनोहराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-५ बस्ने २९ वर्षीय मोहन परियार समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१० चण्डिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने १९ वर्षीय प्रितम कुमार थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२५ याम्दीबाट सोही ठाउँ बस्ने २० वर्षीय मंगल गुरूङलाई अवैध लागूऔषध गाँजा करिब १ सय ५० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बारा, सिम्रौमनगढ नगरपालिका-३ भट्टीवैरीयाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने १९ वर्षीय राधेश्याम पटेल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीनगर वैरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।