प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

संखुवासभा, मकालु गाउँपालिका-५ खोत्ताकबाट भरूवा बन्दुक १ थान तथा बन्दुकमा प्रयोग हुने विभिन्न सरसामान सहित सोही ठाउँ डेरा गरी बस्ने मकालु गाउँपालिका-५ नुम घर भएका ३० वर्षीय हेमराज बिकलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी नुम र इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरीले उनी बस्ने घर तलासी गर्दा भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने नाल २ थान, बट १ थान, सोडा जस्तो देखिने पदार्थ २ किलोग्राम, केप २४ पिस, फलामको टुक्रा १ थान, सिसाको छर्रा २५ पिस, बारूद करिब १ सय ग्राम लगायतका सरसामान फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-०१

मकवानपुर, मनहरी गाउँपालिका-६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजालाई भरूवा बन्दुक २ थान, अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । हुम्ला, सिमकोट गाउँपालिका-७ चुकेडी भिर भन्ने स्थानबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही गाउँपालिका-७ डाँडाफाया बस्ने ६८ वर्षीय अंग बहादुर शाही र ६३ वर्षीय लोक बहादुर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मुचुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।