प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०८१-११-०४

  • A
  • A-
  • A+
Share

कास्की, माछापुच्छ्रे गाउँपालिका-७ लेककुना बस्ने ७२ वर्षीय आइत सिंह गुरूङलाई भरूवा बन्दुक १ थान, बारूद जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलोग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार