जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-११-१२
- A
- A-
- A+
ओखलढुंगा, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिखु गाउँपालिका-५ बस्ने ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
नेत्र बहादुरले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी यसमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।