प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

२०८१-११-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, शंखरापुर नगरपालिका-३ बस्ने ४१ ज्ञान बहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ज्ञान बहादुर समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

अर्घाखाँची, भूमिकास्थान नगरपालिका-५ धारीचौर बस्ने राधिका बेल्वासेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय तुल्सी रायमाझी समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३-०४-०२

तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ तल्लो बजार बस्ने ४० वर्षीय नवराज कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा नवराज समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  म्याग्दी, बेनी नगरपालिका-१० वाखेतबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय घन बहादुर मगर समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ८ सय १० रूपैयाँ र ३  बुक तास सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ टागिकोटस्थित H.O.P.E. (hospitality leisure resort) मा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ४२ वर्षीय अमन अधिकारी समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ९ सय ५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।