जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३-०३-३२
- A
- A-
- A+
ओखलढुंगा, मोलुङ गाउँपालिका-४ मानेचौर बस्ने ६० वर्षीय टेक बहादुर मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा टेक बहादुर समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय ६५ रूपैयाँ र १ सय ९० पत्ता तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।