हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०१-१४
- A
- A-
- A+
सर्लाही, विष्णु गाउँपालिका-३ बस्ने ३६ वर्षीया रेनु देवी पासवानको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय साहेब पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
साहेबले धारिलो हतियार फर्सा प्रहार गर्दा रेनु देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मधुवनगोठ र इलाका प्रहरी कार्यालय गडहीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।