प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८२-०३-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो ६ सय २५ ग्राम सहित थाइल्याण्डका नागरिक २८ वर्षीय KOPA CHANSA शुक्रबार दिउँसो पक्राउ परेका छन् । एयर ईण्डियाको उडानद्वारा दिल्लीबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित सेन्टर पार्क होटलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ८४ ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट, नुर्फिन ३ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र मोबाइल ४ थान सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-७ बस्ने २० वर्षीय शुकलाल स्याङतान, १८ वर्षीय किशोर र पर्सा वीरगंज महानगरपालिका-२ बस्ने २४ वर्षीय सुरेश पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०४ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७६३४ नम्बरको मोटरसाइकल चालक धनुषा शहिदनगर नगरपालिका-८ बस्ने २२ वर्षीय रजनिश यादवलाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम २८ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट र काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६०२३ नम्बरको हायसमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका-१ बस्ने ३१ वर्षीय बद्री पुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो । 

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल र प्रोमेथाजाइन ६० एम्पुल सहित पर्वत घर भएका ३५ वर्षीय रेशम कुवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बेलहियाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ०४१७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट, एनारगन ८ सय ट्याब्लेट र नगद १० हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने गौरादह नगरपालिका-४ घर भएका २४ वर्षीय अनुभव दर्नाल, दमक नगरपालिका-१ घर भएका २६ वर्षीय सुरज कुमाल, सोही नगरपालिका-६ घर भएका २९ वर्षीय सुमन दर्जी र सोही नगरपालिका-७ घर भएका ३४ वर्षीय बिर बहादुर पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, पुनर्वास नगरपालिका-६ स्थित सम्राट होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७३ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-६ बस्ने ५० वर्षीय दिपक विसी र दार्चुला महाकाली नगरपालिका-३ बस्ने ४२ वर्षीय नरसिंह महरा रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्रउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ शहिद गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय जिवन चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाँघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सरोज रानालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ पशु हाटबजार बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-२ विकासनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय डिल बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० मनकामना चोक बस्ने ३६ वर्षीय बरूण लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०४-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट र नगद ८ हजार ५ सय ८५ रूपैयाँ सहित ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ घर  भएका २९ वर्षीय मनिष खड्का, सोही नगरापालिका-१० घर भएका २५ वर्षीय सुजन रूम्बा, सोही नगरपालिका-४ डेरा गरी काभ्रे पनौती नगरपालिका-३ घर भएका २७ वर्षीय रबिन तामाङ, चन्द्रागिरी नगरपालिका-१० डेरा गरी बस्ने सिन्धुली घर भएका २२ वर्षीय बिक्रम साह शंकर र सोही नगरपालिका-८ घर भएका ३० वर्षीय साजन राउत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, सुनवर्षी नगरपालिका-९ डायनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सिक्टी ग्राम पंचायत-१३ सहिदाबार बस्ने ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायत-६  ऱहनीकट्टा बस्ने ३२ वर्षीय शेर मोहमद रहेका  छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले झपडतलबाट डायनियातर्फ आउँदै गरेको बिआर ३७ एसी ६७९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, शहिदभुमी गाउँपालिका-६ सुकेआलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २३ वर्षीय सुवास राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले प्रदेश नम्बर १-०२-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय नसिप मनिहारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौडा उपमहानगरपालिका-२ सानोपोखरा चोकस्थित चिया पसलबाट अवैध लागूऔषध गाँजा ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भिमफेदी गाउँपालिका घर भएका ४२ वर्षीया सरस्वती मुक्तान, भारत मोतिहारी बस्ने २३ वर्षीय सुल्तान खान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सरस्वतीको चिया पसलबाट उक्त लागूऔषध फेला सहित उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ३ हजार ८ सय ट्याब्लेट, ट्रामाडोल १ हजार ८ सय ७० एम्पुल, Tramadol and Acetaminophen ४ हजार ५० ट्याब्लेट र डाइक्लोमाइन ९७ हजार ट्याब्लेट सहित अर्जुनधारा नगरपालिका-६ बस्ने २५ वर्षीय बिनोद घिमिरेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बिनोद र बिर्तामोड नगरपालिका-५ बस्ने ५० वर्षीय भानुभक्त खरेलले कोठा भाडामा लिई नियन्त्रित लागूऔषध भण्डारण गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी बिनोदलाई पक्राउ गरेको हो  । हाल फरार भानुभक्तको प्रहरीले खोजी गरिरहेको छ ।  सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय २० मिलिग्राम सहित लेकवेशी नगरपालिका-३ गोरामारे बस्ने २८ वर्षीय कृष्ण बहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-९ बस्ने २१ वर्षीया प्रतीक्षा रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०४-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित भारत खाकरावाली बस्ने ३१ वर्षीय कौशिक साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००२ ख ०९४७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१३ निसाने डाँडाबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित मोरङ रंगेली बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-००२ ख ०८१८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ७८ ग्राम सहित सिम्रौनगढ नगरपालिका-७ मलाही टोल बस्ने ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी पथलैयबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ७३४६ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०४-०१

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ४ सय ७० ग्राम सहित सर्लाही घर भएका ५४ वर्षीय विरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना.५ ख ४८२२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको   हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रबिन्द्र पुडासैनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ भिषण पथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र नाइट्रोसन २ सय २० ट्याब्लेट सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-५ देउराली घर भएकी २१ वर्षीया ज्योती राई, २६ वर्षीया नुमा लिम्बु र २३ वर्षीया सुजना राई रहेका         छन् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रौतहट, गौर नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ८ सय ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र बुप्रेनोर्फिन ३ सय एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बस्ने २३ वर्षीय नितेश कुमार पंडित र ३२ वर्षीय पिन्टु कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले बीआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-९ बरगाछीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६ ट्याब्लेट सहित सोही नगरपालिका -८ लेम्लेमा बस्ने २१ वर्षीया रेजिना राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ७ सय ४५ ग्राम सहित भारतीय नागरिक २९ वर्षीया LEIYAWON PHUNGTHAR सोमबार दिउँसो पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५ सय ४० ट्याब्लेट  सहित सोही ठाउँ बस्ने दार्चुला महाकाली नगरपालिका-२ घर भएका २८ वर्षीय रमेश पार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-८ बस्ने ३१ वर्षीय उमेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र नगद ४४ हजार रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं थानकोट बस्ने सिन्धुपाल्चोक माङखा घर भएका २३ वर्षीया करूणा कोइराला र काभ्रेपलाञ्चोक गाठेडाँडा घर भएका २३ वर्षीय मनोज तामाङ रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले बा.४२ प ९७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र भोमाइन १ सय ५ ट्याब्लेट सहित सोही नगरपालिका-१२ लक्ष्मीपुर बस्ने २३ वर्षीय प्रशान्त थापा मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार  काठमाडौं महानगरपालिका-२७ स्थित एक होटलबाट अवैध लागूऔषध एम्फेटामाईन १ सय ५५ ग्राम सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट म्यागङ गाउँपालिका-३ घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दिपेन्द्र तामाङ, बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २९ वर्षीय उग्रेन लामा र २७ वर्षीय उमेश भोलोन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१७ साकेला थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ६० ट्याब्लेट र डिकोलिक ८ सय ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय अंकित राई र सोही उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय भरत मगर रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।