प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियार सहित तीन जना पक्राउ

२०८२-०३-३१

  • A
  • A-
  • A+
Share

कैलाली, भजनी नगरपालिका-९ आमबाडिबाट पेस्तोल २ थान, सोही पेस्तोलको गोली ११ राउण्ड, म्यागजिन १ थान, हर्नेट १ थान, गोली २४ राउण्ड, छर्रा १ डिब्बा, मयुरको प्वाख २ गुच्चा र जरायोको सिङ ३ थान सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा ५० वर्षीय दिलिप कार्की, उनकै छोरा २२ वर्षीय बिकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दिलिपको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल र लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०३-२७

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियाबाट पेस्तोल १ थान, गोली २ राउण्ड र अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारत उत्तरप्रदेश घर भएका ५० वर्षीय ईकवाल खान र भारत साधुनगर पोष्ट चतरा थाना शोहरत गढ सिदार्थनगर घर भएका ३४ वर्षीय राम दयाल शर्मा रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्चर, जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनीहरू मध्ये १ जनाले पेस्तोल निकाली प्रहरी उपर ताकेकोले प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा इकवाल खान घाइते भएका थिए । घाइते भएका ईकवाल भीम अस्पताल भैरहवामा उपचार पश्चात डिस्चार्ज भएका छन् । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३६ जेड ३१५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।