युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०५-०६
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा इडियु सर्च नेपाल बानेश्वरका संचालक ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने कास्की पोखरा महानगरपालिका-१४ घर भएका २९ वर्षीय बसन्त कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
बसन्तले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।