प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

२०८२-०६-२३

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाईपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही ठाउँ बस्ने २८ वर्षीय विज्ञान श्रेष्ठ समेत १४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ६३ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

दैलेख, नारायण नगरपालिका-१ दैलेख बजार डेरा गरी बस्ने नौमुले गाउँपालिका-८ चौराठा घर भएका ३६ वर्षीय टोप बहादुर राना मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ८ सय ४० रूपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
२०८३-०४-२४

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन आनिगुम्बास्थित शिव बहादुर विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने संखुवासभा घर भएका ५६ वर्षीय आङ्देवा शेर्पा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ३ सय ९० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईड बस्ने ५० वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ७० नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँ र १ सय ५६ पत्ति तास सहित पक्राउ गरेको हो ।यसैगरी कास्की, पोखरा महानगरपालिका-३१ भाटामुल बस्ने ४० वर्षीया ललिता ज्वार्चनको घरमा जुवातास खेलिरहेको अवस्थामा ललिता समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ७ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१ भृकुटीपथ नजिकै भारत हाउडा शिवडा घर भएका ४० वर्षीय सुजित खन्राले भाडामा लिएको सटरमा जुवातास खेलिरहेको अवस्थामा सुजित समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०४-२२

चितवन, भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने ६५ वर्षीय सुरज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-११ गोर्खालीटोल बस्ने बाला गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ बसेनी बस्ने ५० वर्षीय राजेश गुरूङ समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ६ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मदन चोकस्थित ४२ वर्षीय देब बहादुर चन्दले संचालन गरेको देबु होटलमा जुवातास खलिरहेको अवस्थामा देब बहादुर समेत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८३-०४-२१

भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली चुनदेवी हाइट नजिक भक्तपुर नगरपालिका-६ चोर्चायाछें बस्ने ३० वर्षीय रोशन देसेमरूले संचालन गरेको आरती खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ५ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगर रंगशाला शिवपथस्थित ६१ वर्षीय धुर्व श्रेष्ठले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुर्व समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ८ सय ५ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०४-१९

काठमाडौं, काठमाडौं महानगरपालिका-१० थापागाउँ धोबिखोला करिडोर नजिकै डेरा गरी बस्ने रामेछाप घर भएका ५३ वर्षीय रहर बहादुर मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा रहर बहादुर समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।पाल्पा, माथागढी गाउँपालिका-३ सराई बस्ने ५० वर्षीय तुल्सी राम मश्राङगीको घरमा जुवातास खेलिरहेको अवस्थामा तुल्सीराम समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ९ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।