जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०१-०५
- A
- A-
- A+
कञ्चनपुर, ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका-४ बस्ने ३२ वर्षीय राज कुमार रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राज कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।