प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८३-०२-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा बस्ने ४१  वर्षीय हरि भुर्तेलको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि समेत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ६ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार