जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८३-०३-२६
- A
- A-
- A+
कैलाली, लम्कीचुहा नगरपालिका-१ मोतिपुर बजार बस्ने ६५ वर्षीय गोपाल बहादुर हमालको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा गोपाल समेत १४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार १ सय ६० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।