प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ

२०८३-०३-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्‍वर नगरपालिका-३ तीनपिप्लेस्थित टोखा नगरपालिका-६ घर भएका २८ वर्षीय आश्रय शर्माले संचालन गरेको चेरी भ्याली रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा आश्रय समेत २४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख ८० हजार २ सय ८५ रूपैयाँ, ३ बुक तास र ४४ वटा कौडा सहित उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
२०८३-०४-०३

म्याग्दी, बेनी नगरपालिका-८ गणेश टोल बस्ने ५२ वर्षीय हिरा बहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा हिरा बहादुर समेत १७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९१ हजार १५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।   धादिङ, निलकण्ठ नगरपालिका-३ पहरे चौतारा बस्ने ६१ वर्षीय डिल बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा डिल बहादुर समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ३ सय ५० रूपैयाँ र १ सय ६२ पत्ती तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३-०४-०२

तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ तल्लो बजार बस्ने ४० वर्षीय नवराज कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा नवराज समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  म्याग्दी, बेनी नगरपालिका-१० वाखेतबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय घन बहादुर मगर समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ८ सय १० रूपैयाँ र ३  बुक तास सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ टागिकोटस्थित H.O.P.E. (hospitality leisure resort) मा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ४२ वर्षीय अमन अधिकारी समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ९ सय ५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।