जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
२०८३-०३-३१
- A
- A-
- A+
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ दुर्गा मन्दिरस्थित केके लिक्विड पसलमा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक सोही ठाउँ बस्ने गोरखा घर भएका ४३ वर्षीय प्रविण गुरूङ समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ३ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।