प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
None - सातौं वार्षिकोत्सव कार्यक्रम

आज मिति २०७१।०४।२३ गते यस महाविद्यालयको सातौं वार्षिकोत्सव - २०७९ को अवसरमा तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक श्रीमान प्रहरी अतिरिक्त महानिरीक्षक

मुकुन्द राज आचार्यज्यूको प्रमुख आतिथ्यता, तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नारी विकास समितिको अध्यक्ष म्याडम

होम माया पौडेल आचार्यज्यू, सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालज्यू, जिल्ला प्रशासन कार्यालय, नवलपरासी

पश्चिमका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेश प्र.ब.उ. सुरेन्द्र

प्रसाद मैनाली, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्र.ब.उ. सिद्धि बिक्रम शाह, जिल्ला सुरक्षा समिति नवलपरासी पश्चिमका

सदस्यहरु लगायत सिनियर प्रहरी अधिकृतहरु, यस महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू र उन्नत तालिम तथा प्रहरी जवान

आधारभूत तालिमका प्रशिक्षार्थीहरूको उपस्थितिमा प्रमुख अतिथिज्यूबाट पानसमा बत्ति बाली कार्यक्रमको समुद्घाटन,

वृक्षारोपण र युक्ति दर्पण" स्मारिकाको बिमोचन गरी भव्य रुपमा सम्पन्न भएको छ सो अवसरमा विभिन्न खेलकूदहरूमा बिजयी

भएका खेलाडीहरूलाई मेडल, प्रमाण-पत्र तथा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार तथा कदर पत्र प्रदान

गर्नुको साथै यस महाविद्यालयमा कार्यरत प्र.ना.नि. गणेश बहादुर थिङको छोरी मन्जली थिङले कक्षा ८ मा उत्कृष्‍ट अंक हासिल गरेको हुँदा छात्रवृति स्वरूप रु. ५०००/- (पाँच हजार) नगदद्वारा सम्मान गरिएको छ साथै यस महाविद्यालयका प्राचार्य प्र.ब.उ. मधुसूदन लुइँटेलले प्रमुख अतिथि तथा अन्य अतिथिज्यूहरूलाई कार्यक्रममा

उपस्थित भई कार्यक्रमको गरिमा बढाईदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

Card image cap
SSP Bhola Bahadur Rawal

Principal