प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, बिराटनगर - E-Bulletin

left Image right Image
E-Bulletin
Falgun, 2082

  • प्र.स.नि. आधारभूत (अल्पकालिन) तालिम ४-१९० औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न:
    (२०८२ फागुन ०१ गते): मिति २०८२ का पुस १६ गतेबाट यस तालिम केन्द्रमा संचालित ३५ कार्यदिन अवधिको प्र.स.नि. आधारभूत (अल्पकालिन) तालिम ४-१९० औं समूहको आज मिति २०८२ फागुन ०१ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा समापन कार्यक्रम सु-सम्पन्न भयो । साथै दीक्षित भई जाने प्रहरी जवानहरुलाई प्रमुख अतिथिज्यूले शुभ-कामना एवं बधाई दिंदै प्रशिक्षणका दौरानमा सिकेका सैद्धान्तिक तथा व्यवहारीक कुराहरु समाज र संगठनले अपेक्षा गरे अनुरुप अनुशासित, इमान्दारी पूर्वक कर्तव्यनिष्ठ भई कार्यक्षेत्रमा कार्यन्वयन गर्नुहुन समेत निर्देशन दिनु भयो । उक्त कार्यक्रममा यस केन्द्रका सह-समादेशक तथा तालिम संयोजक गुरू प्रसाद तिम्सिनाज्यू, प्रहरी निरीक्षकज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक वर्गहरु, लगायत प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

  • निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न:
    (२०८२ फागुन ०८ गते):
    कोशी प्रदेश प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेज्यूले आज मिति २०८२ फागुन ०८ गते यस कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको एरिया/इलाका, भौतिक एवं प्रशिक्षण पूर्वाधारहरू, प्रशिक्षण गतिविधि, विभिन्न शाखाहरू र शाखाका अभिलेखहरूको चेकजाँच तथा अवलोकन गर्नु भयो । निरीक्षण पश्चात यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूले कोशी प्रदेश प्रहरी प्रमुखज्यू समक्ष तालिम केन्द्रका गतिविधि सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । निरीक्षण कार्यक्रम पश्चात यस केन्द्रका सम्पूर्ण प्रहरी कर्मचारीहरु लगायत प्रशिक्षणरत प्रहरी जवान आधारभूत तालिम ४-१४२ औं समूहका प्रशिक्षार्थीहरुलाई योजनाबद्द शिक्षण प्रकिया अनुसार वैज्ञानिक तरिका अवलम्बन गरी अभ्यासमा आधारित दिगो एंव व्यवहारीक सिप सिकाउन र प्रशिक्षार्थीहरुलाई उक्त सिकाएका सिपहरु अनुशासित ढंगबाट सिक्न साथै कार्य क्षेत्रमा अक्षरस पालन गर्न निर्देशन दिनु भएको थियो । साथै यही फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन प्रभावकारी रुपमा परिचालित हुन निर्देशन समेत दिनुभयो । धन्यवाद ज्ञापनका क्रममा यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूले श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेज्यूप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त निर्देशनको अक्षरस: कार्यन्वयन गर्ने गराउने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

     २०८२ बैशाख महिना

     २०८२ जेठ महिना

     २०८२ असार महिना

     २०८२ साउन महिना

     २०८२ भदौ महिना

     २०८२ असोज महिना

     २०८२ कात्तिक महिना

     २०८२ मंसिर महिना

     २०८२ पुस महिना

     २०८२ माघ महिना

  • कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा सम्पादित विभिन्न कार्यक्रमहरु:
  • मुलुकका फरक फरक समुदाय, धर्म र भूगोलबाट प्रहरी सेवामा छनौट भई यस तालिम केन्द्रमा प्रशिक्षणरत प्रहरी जवान आधारभुत तालिम ४-१४० औं समूहका प्रशिक्षार्थीहरुमाझ यस केन्द्रका समादेशक श्रद्धेय श्रीमान  प्र.व.उ. राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतापा अतिरिक्त क्रियाकलाप अन्तर्गत एक कर्यक्रम बिच मितेरी कार्यक्रम सु-सम्पन्न भएको थियो। (२०८० जेठ २४ गते)

  • कोशी प्रदेश प्रहरी निमित्त प्रमुख तथा केन्द्रका समादेशक प्र.व.उ. श्रद्धेय श्रीमान राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षणरत प्र.ज. आ.ता. ४-१४० औं समूहद्वारा आयोजित "फुड फेस्टिवल समारोह-२०७९" सु-सम्पन्न भएको थियो । (२०७९ चैत ३० गते)

  • प्रशिक्षार्थी प्रहरी जवान ४-१४० औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरुले रचना गरेका साहित्य लेख रचनाहरु







Card image cap
Govinda Adhikari

SSP