प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, बिराटनगर - E-Bulletin

left Image right Image
E-Bulletin
Mangsir, 2082

  • प्रकृति विचरण (Nature Walk) कार्यक्रम सम्पन्न: ‍(२०८२ मंसिर०१ गते: मिति २०८२ कात्तिक १२ गते बाट सञ्चालन भईरहेको भिड नियन्त्रण (प्र.ज. देखि प्र.नि.) तालिम १०२ औं समूहको पाठ्यक्रम कार्यतालिका बमोजिम मिति २०८२ मंसिर ०१ गते धरान उपमहानगरपालिका वडा नं. ०४, अमर हाट देखि धरान उपमहानगरपालिका वडा नं. ०४ स्थित शिव जट्टा मन्दिर सम्म प्रकृति विचरण (Nature Walk) कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक/ तालीम संयोजक प्रहरी निरीक्षक दिपक खरलज्यू ,जुनियर प्रहरी अधिकृत,प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । 

  • अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम १०६ औं समूहको उद्घाटन कार्यक्रम सम्पन्न (२०८२ मंसिर ०३ गते): मिति २०८२ भदौ १२ गते बाट यस केन्द्रमा संचालन हुन गईरहेको २६ कार्यदिन अवधिको अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम १०६ समूहको तालिम संयोजक प्रहरी निरीक्षक ऋषिराज ढकालज्यूको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सु-सम्पन्न भयो ।

  • भिड नियन्त्रण (प्र.ज. देखि प्र.नि.) तालिम १०२ औं समूहको समापन कार्यक्रम सम्पन्न
    (२०८२ मंसिर ०४ गते):
    मिति २०८२ मंसिर १२ गतेबाट यस तालिम केन्द्रमा संचालित १९ कार्यदिन अवधिको भिड नियन्त्रण (प्र.ज. देखि प्र.नि.) तालिम १०२ औं समूहको आज मिति २०८२ मंसिर ०४ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीज्यूको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा समापन कार्यक्रम सु-सम्पन्न भयो । साथै दीक्षित भई जाने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिज्यूले शुभ-कामना एवं बधाई दिंदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्नु हुन समेत निर्देशन दिनु भयो । उक्त कार्यक्रममा सह-समादेशक प्रहरी नायव उपरीक्षक गुरु प्रसाद तिम्सिनाज्यू,प्रहरी निरीक्षक ऋषि राज ढकालज्यू, तालिम संयोजक प्रहरी निरीक्षक दिपक खरेलज्यू, प्रहरी निरीक्षक आयुष ढुङ्गानाज्यू, प्रहरी निरीक्षक नरेन्द्र बहादुर सिंहज्यू, जुनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक वर्गहरु, लगायत प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

     २८२ बैशाख महिना

     २०८२ जेठ महिना

     २०८२ असार महिना

     २०८२ साउन महिना

     २०८२ भदौ महिना

     २०८२ असोज महिना

  • कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा सम्पादित विभिन्न कार्यक्रमहरु:
  • मुलुकका फरक फरक समुदाय, धर्म र भूगोलबाट प्रहरी सेवामा छनौट भई यस तालिम केन्द्रमा प्रशिक्षणरत प्रहरी जवान आधारभुत तालिम ४-१४० औं समूहका प्रशिक्षार्थीहरुमाझ यस केन्द्रका समादेशक श्रद्धेय श्रीमान  प्र.व.उ. राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतापा अतिरिक्त क्रियाकलाप अन्तर्गत एक कर्यक्रम बिच मितेरी कार्यक्रम सु-सम्पन्न भएको थियो। (२०८० जेठ २४ गते)

  • कोशी प्रदेश प्रहरी निमित्त प्रमुख तथा केन्द्रका समादेशक प्र.व.उ. श्रद्धेय श्रीमान राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षणरत प्र.ज. आ.ता. ४-१४० औं समूहद्वारा आयोजित "फुड फेस्टिवल समारोह-२०७९" सु-सम्पन्न भएको थियो । (२०७९ चैत ३० गते)

  • प्रशिक्षार्थी प्रहरी जवान ४-१४० औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरुले रचना गरेका साहित्य लेख रचनाहरु







Card image cap
Govinda Adhikari

SSP