कोशी प्रदेश प्रहरी तालिम केन्द्र, बिराटनगर - E-Bulletin
E-Bulletin
Shrawan, 2083
Shrawan, 2083
- अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम १०८ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न(०५ भदौ २०८३):मिति २०८३ साउन ०४ गतेबाट यस तालिम केन्द्रमा संचालित २६ कार्यदिन अवधिको अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम १०८ औं समूहको आज मिति २०८३ भदौ ०५ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा समापन कार्यक्रम सु-सम्पन्न भयो । साथै दीक्षित भई जाने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिज्यूले शुभ-कामना एवं बधाई दिंदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्नु हुन साथै सुरक्षाको क्षेत्रमा आईपर्न सक्ने खतराहरु लाई निष्तेज पार्न अहोरात्र तैनाथ हुनुपर्ने समेत निर्देशन दिनु भयो । उक्त कार्यक्रममा यस केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक विनोद कुमार सुनुवारज्यू, तालिम संयोजक प्रहरी निरीक्षक नरेन्द्र बहादुर सिंहज्यू, जुनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक वर्गहरु, लगायत प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।
- महिला तथा बालबालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान(प्र.ज. देखि प्र.व.ह.) तालिम १८ औं समूहको तालिम उद्घाटन कार्यक्रम सम्पन्न(१५ भदौ २०८३): मिति २०८३ भदौ १५ गते बाट यस केन्द्रमा संचालन हुन गईरहेको १६ कार्यदिन अवधिको महिला तथा बालबालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान(प्र.ज. देखि प्र.व.ह.) तालिम १८ औं समूहको तालिम संयोजक प्रहरी निरीक्षक नबिन राईज्यूको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सु-सम्पन्न भयो ।
- कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा सम्पादित विभिन्न कार्यक्रमहरु:
- मुलुकका फरक फरक समुदाय, धर्म र भूगोलबाट प्रहरी सेवामा छनौट भई यस तालिम केन्द्रमा प्रशिक्षणरत प्रहरी जवान आधारभुत तालिम ४-१४० औं समूहका प्रशिक्षार्थीहरुमाझ यस केन्द्रका समादेशक श्रद्धेय श्रीमान प्र.व.उ. राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतापा अतिरिक्त क्रियाकलाप अन्तर्गत एक कर्यक्रम बिच मितेरी कार्यक्रम सु-सम्पन्न भएको थियो। (२०८० जेठ २४ गते)
-
कोशी प्रदेश प्रहरी निमित्त प्रमुख तथा केन्द्रका समादेशक प्र.व.उ. श्रद्धेय श्रीमान राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षणरत प्र.ज. आ.ता. ४-१४० औं समूहद्वारा आयोजित "फुड फेस्टिवल समारोह-२०७९" सु-सम्पन्न भएको थियो । (२०७९ चैत ३० गते)
प्रशिक्षार्थी प्रहरी जवान ४-१४० औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरुले रचना गरेका साहित्य लेख रचनाहरु
![]() |
![]() | ![]() |
![]() |
![]() |
![]() |
Shiva Kumar Shrestha
Senior Superintendent of Police







