अन्य जानकारीहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
२०८१-०१-१७काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
[ विस्तृतमा ] -
हवाई टिकट मिलाई दिन्छु भनि ठगी गर्ने महिला पक्राउ
२०८१-०१-१७काठमाडौं, सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-५ बस्ने २९ वर्षीया सुनिता लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त ठगी गर्ने कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित ज्वाइन्ट भिजन ट्राभल एण्ड टुर्स प्रालि सञ्चालन गरी बस्ने सुनितालाई गोकर्णेश्वर नमुना बस्तिबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सुनिताले नक्कली हवाई टिकट बनाउने गरेको, बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ जनाको निवेदन रहेको तथा हालसम्म ८ जनाले ठगी सम्बन्धी कसुरमा जाहेरी दिएको समेत खुल्न आएको छ । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ] -
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०१-१७काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी धादिङ निलकण्ठ नगरपालिका-७ ठेगाना भई काठमाडौं कलंकी बस्ने ४७ वर्षीय भिमसेन कुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठ समेत भएको एक करोड १० लाख रूपैयाँ ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर नख्खिपोटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८१।०१।१४ गते) ।
- प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८१।०१।१४ गते) ।
- प्रहरी कार्यालय सहयोगी पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना । (२०८१-०१-१४)
- Re-Invitation for bids (2081-01-12)
- Invitation for bids (2081-01-12)
- Invitation for Bids (2081-01-10)
- प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ र स्वास्थ्य उपसमूह तर्फका प्राविधिक प्रहरी निरीक्षक पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना । (२०८१-०१-०९)