प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०५-१५

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ जना गरी कुल २९ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८३ भदौ ९ गतेको निर्णयले भदौ १५ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो । साथै उहाँले खुलातर्फका १३ जना  प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कार्कीले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिनुका साथै नवप्रवेशी प्रहरी निरीक्षकहरूलाई प्रहरी संगठनमा स्वागत समेत गर्नुभयो । नवनियुक्त प्रहरी निरीक्षकहरूले प्रदर्शन गरेको समर्पण भाव, अथक परिश्रम र मेहनतको प्रतिफल स्वरूप यो सफलता हासिल भएको चर्चा गर्दै आगामी दिनमा विभागीय नीति, निर्देशन र संगठनको मूल्य मान्यता एवम् आदर्शलाई आत्मसात् गरी नागरिकलाई केन्द्रबिन्दुमा राखेर उच्च व्यावसायिकता, इमानदारीता र जिम्मेवारी बोधका साथ संगठनको श्रीवृद्धिमा योगदान पुग्ने गरी जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो परिवेशमा देखा परेका सुरक्षा चुनौती, बहुआयामिक र तीव्र गतिमा परिवर्तनशील रहेको संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध, प्रविधिको दुरूपयोगबाट सिर्जित अपराध लगायतका चुनौतीलाई सम्बोधन गर्न व्यक्तिगत ज्ञान, सिप, व्यावसायिक दक्षता तथा उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै विपद् व्यवस्थापनमा देखा परेका समस्या एवम् चुनौतीहरूको उचित सम्बोधन गर्दै नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बोधका साथ कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

  • हेभी सवारी चालक तालिम सुरू
    २०८३-०५-१७

    काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने १७ औं समूहको हेभी सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० दिन कार्यअवधिको उक्त तालिममा  प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान २२ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

    [ विस्तृतमा ]
  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
    २०८३-०५-१७

    सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २० वर्षीय रमेश कुमार साह, सोही नगरपालिका-३ बस्ने २३ वर्षीय अजय ठाकुर र सर्लाही हरिपुर्वा नगरपालिका-६ हरिपुर्वा घर भएका २४ वर्षीय राज कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ ।  कास्की, पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ४४ वर्षीय जयराज सुनारलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ११ एम्पुल, फेनारगन १० एम्पुल र डाइजेपाम ९ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कञ्चनपुर, कृष्णपुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम र नगद ८ हजार १ सय ९० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश चौधरी र कैलाली गोदावरी नगरपालिका-५ घर भएका २२ वर्षीय सुशिल चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले दिनेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम र नगद ५ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय जस्टिम सिंहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगपालिका-२० चन्द्रनगर रानीपोखरी बस्ने ४१ वर्षीय अमिर गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौली समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ट्याब्लेट सहित पर्सा बहुदरमाई नगरपालिका-६ बस्ने ३१ वर्षीय ललन महरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको बा.प्र ००७ ख ०५६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-२० गायत्रीनगर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२० मनिकापुर बस्ने ३० वर्षीय अकतर अली दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा २ लाख ५६ हजार ९ सय नेपाली रूपैयाँ र ५० हजार भारतीय रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले सोही ठाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१३ भरैया बस्ने २७ वर्षीय दिपक थारूलाई समेत पक्राउ गरेको छ ।   पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२ बस्ने १९ वर्षीय दिपक यादव र सोही उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय दिपक ठाकुर रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध गाँजा १७ किलो १ सय ४० ग्राम सहित भारत सुपौल पञ्चायत फत्तेपुर-१ बस्ने २१ वर्षीय दिपक कुमार पोदारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले मधुवनबाट लौकहीतर्फ आउँदै गरेको ना.६० प ५३९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, दुहबी नगरपालिका-११ नहर चोकबाट अवैध लागूऔषध गाँजा २८ किलोग्राम सहित देवानगंज गाउँपालिका-३ बस्ने २३ वर्षीय एम.डी. जावेद मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  दुहबी समेतबाट खटिएको प्रहरीले नहर चोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को.२१ प ७९८० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
    २०८३-०५-१७

    काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ओखल मोलुङ नगरपालिका-१७ घर भएका ३३ वर्षीय यज्ञ बहादुर तामाङ र काठमाडौं महानगरपालिका-४ बस्ने बागलुङ बडिगाड गाउँपालिका-३ बस्ने ३० वर्षीय सुजेन घर्ती मगर रहेका छन् । पक्राउ मध्ये यज्ञ बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र सुजेनले हंगेरी पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञ बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट र सुजेनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०४-०८ जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८३-०४-०८) ।
२०८२-१२-२० जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० दरखास्त फाराम (२०८२-१२-२०)
२०८२-०८-२५ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०६-१० जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८३-०५-११)
रेडियो कार्यक्रम (२०८३-०५-०८)
रेडियो कार्यक्रम (२०८३-०५-०४)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview